सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मुख्यमन्त्रीले बजेटमाथि छानबिनको प्रतिवद्धता जनाएपछि मधेश प्रदेशसभाको अवरोध हट्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २७, २०८१
|
|
४३ पटक हेरिएको
Shares
मुख्यमन्त्रीले बजेटमाथि छानबिनको प्रतिवद्धता जनाएपछि मधेश प्रदेशसभाको अवरोध हट्यो

सारांश

  • मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा भएको कमजोरीको उच्चस्तरीय छानबिन गर्ने प्रतिवद्धता जनाएपछि मधेश प्रदेशसभा बैठकको अवरोध हटेको छ ।
  • बिहीबार बसेको प्रदेशसभाको सुरुमै जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेकाले उक्त बजेटमाथि प्रदेशसभामा छलफल नगर्ने बताए ।
  • त्यसपछि जसपा नेपालका सांसदहरु उठेर संसद अवरोध गरे ।

 

२७ असार, जनकपुरधाम । मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा भएको कमजोरीको उच्चस्तरीय छानबिन गर्ने प्रतिवद्धता जनाएपछि मधेश प्रदेशसभा बैठकको अवरोध हटेको छ ।

बिहीबार बसेको प्रदेशसभाको सुरुमै जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेकाले उक्त बजेटमाथि प्रदेशसभामा छलफल नगर्ने बताए । त्यसपछि जसपा नेपालका सांसदहरु उठेर संसद अवरोध गरे ।सभामुख रामचन्द्र मण्डलले यो विषयमा यसअघि पनि ४/५ पटक छलफल भइसकेको र निकास ननिस्केकाले समय अभावको कारण सदन अघि बढाउन खोजे । पुनः जसपा प्रमुख सचेतक यादवले कम्तीमा सरकारको धारणा आउनुपर्ने माग गरेपछि सभामुख मण्डलले मुख्यमन्त्री सिंहलाई धारणा राख्न निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले बजेटमा कही कतै कमजोरी भएको छ भने उच्चस्तरीय छानबिन समिति गठन गर्ने र निर्वाचन क्षेत्रहरुमा रहेको असन्तुलित बजेटको गुनासोलाई मध्यनजर गर्दै सन्तुलित गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाए । ‘मैले सुरुदेखि नै बजेटमा कही कतै गडबड छ भने उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषी भेटिएकालाई कारबाही गर्छु भन्दै आएको छु । मैले कहिल्यै पनि भनेको छैन छानबिन गर्दिन’, मुख्यमन्त्री सिंहले भने ‘क्षेत्रहरुमा बजेट असन्तुलित भएको गुनासो आएको त्यसलाई पनि आगामी दिनमा सन्तुलित गर्ने प्रयास गर्छु ।’

योसँगै मधेश प्रदेशसभाको जसपाको अवरोध हटेको छ । बिहीबार आगामी आर्थिक वर्षको आयव्यय र राजश्व अनुमानमाथि छलपल भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केदानाथमा हेलिकप्टर दुर्घटना, सबै सुरक्षित
केदानाथमा हेलिकप्टर दुर्घटना, सबै सुरक्षित
वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो
वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो
पशुपतिनाथमा तिजको तयारी पूरा, बिहान ३ बजेदेखि चारवटै ढोका खोलिने
पशुपतिनाथमा तिजको तयारी पूरा, बिहान ३ बजेदेखि चारवटै ढोका खोलिने
एनपीएल-२: वेन र भीमको अर्धशतकमा काठमाण्डुले दियो १६६ रनको लक्ष्य
एनपीएल-२: वेन र भीमको अर्धशतकमा काठमाण्डुले दियो १६६ रनको लक्ष्य
मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने
मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने
पार्टीले संसदीय दलको नेतामा अगाडि बढाए खुट्टा कमाउँदिन : सुहाङ
पार्टीले संसदीय दलको नेतामा अगाडि बढाए खुट्टा कमाउँदिन : सुहाङ
बागमती प्रदेशसभाको बैठक बस्दै
बागमती प्रदेशसभाको बैठक बस्दै
रञ्जितालाई नाउपाको अध्यक्षबाट हटाउने प्रस्ताव पारित
रञ्जितालाई नाउपाको अध्यक्षबाट हटाउने प्रस्ताव पारित
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान
वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल
वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल