प्रतिबन्धित गाँजासहित दुई जना पक्राउ
१७ असार, वीरगञ्ज । प्रतिबन्धित गाँजासहित दुईजना वीरगञ्जबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा भारत पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना भेलाही मुसहरवा वडा नं. २ बस्ने नवरेज आलम र पर्सा जगरनाथपुर गाउपालिका-५ बस्ने इमताज आलम रहेका छन्। वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईनर्वा भन्सार मेनगेटस्थित चेकजाँचको क्रममा दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो। भारततर्फ जाँदै गरेका उनीहरूको साथबाट पाँच किलो ७२० ग्राम प्रतिबन्धित गाँजा बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए।
पक्राउ परेका दुबै जनालाई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment