एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन शुरू

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १६, २०८१
|
|
३४ पटक हेरिएको
Shares
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन शुरू

सारांश

  • नेकपा (एकीकृत समाजवादी)को १०औं राष्ट्रिय महाधिवेशन आइतबार काठमाडौंमा शुरू भएको छ।
  • एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रिमोटबाट महाधिवेशनको उद्घाटन गरेका छन्।
  • महाधिवेशन पाँच दिनसम्म चल्नेछ।

 

१६ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को १०औं राष्ट्रिय महाधिवेशन आइतबार काठमाडौंमा शुरू भएको छ।

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रिमोटबाट महाधिवेशनको उद्घाटन गरेका छन्। महाधिवेशन पाँच दिनसम्म चल्नेछ। उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द, लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला लगायत नेता उपस्थित छन्। महाधिवेशनमा भाग लिन देशभरबाट एक हजार ८४९ प्रतिनिधि काठमाडौं आएका छन्। महाधिवेशनबाट २९९ सदस्यीय केन्द्रीय समिति तथा २१ पदाधिकारी चयन गरिनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?