संघीय कोष २ खर्ब १६ अर्बभन्दा बढीले घाटामा छ : अर्थमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १३, २०८१
|
|
२५ पटक हेरिएको
Shares
संघीय कोष २ खर्ब १६ अर्बभन्दा बढीले घाटामा छ : अर्थमन्त्री

सारांश

  • अर्थमन्त्री वर्षमान पुनले संघीय सञ्चित कोष २ खर्ब १६ अर्ब रुपैयाँले घाटामा रहेको बताएका छन् ।
  • बिहीबार राष्ट्रियसभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले संघीय सञ्चित कोष २ खर्ब रुपैयाँभन्दा बढीले घाटामा रहेको जानकारी गराएका हुन् ।
  • प्रदेश र स्थानीय तहमा २ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी रकम छ ।

 

१३ असार,काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले संघीय सञ्चित कोष २ खर्ब १६ अर्ब रुपैयाँले घाटामा रहेको बताएका छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले संघीय सञ्चित कोष २ खर्ब रुपैयाँभन्दा बढीले घाटामा रहेको जानकारी गराएका हुन् । प्रदेश र स्थानीय तहमा २ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी रकम छ । ‘हामी प्रदेश र स्थानीय तहमा रकम पठाउने, खर्च नहुने स्थिति छ,,’ अर्थमन्त्री पुनले भने, ‘देशभरको कोषमा हेर्दा घाटामा छैन । तर संघीय कोष घाटामा छ । प्रदेश र स्थानीय तह नाफामा छन् । यसरी प्रदेश र स्थानीय तहमा रहने रकमलाई व्यवस्थित गर्ने अर्थमन्त्री पुनले बताए ।

उनले भने, ‘वित्त आयोगसँगको समन्वयमा खर्च गर्न नसक्ने स्थानीय तह र प्रदेशबाट संघमा रकम फिर्ता लिने व्यवस्था खोजिँदै छ ।’ यसका लागि कानुन निर्माणमा सरकारले काम गर्ने तयारी गरेको पुनले बताए । खर्च गर्ने स्थानीय तह र प्रदेशलाई थप रकम पठाउने र खर्च गर्न नसक्नेबाट खिच्ने योजना सरकारको छ,’ अर्थमन्त्रीले भने, ‘खर्च गर्न नसक्ने प्रदेश र स्थानीय तहको खातामा रकम राखेर झनै पुरस्कृत गरिरहेको जस्तो भइरहेको छ ।’ विनियोजन विधेयकमा यो विषय नरहेपनि केन्द्रीय कोषमा सो रकम आउने उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?