एसईईको नतिजा आज सार्वजनिक हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १३, २०८१
|
|
७१ पटक हेरिएको
Shares
एसईईको नतिजा आज सार्वजनिक हुँदै

सारांश

  • माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन हुँदैछ ।
  • बिहान १० बजेसम्म प्रकाशन गर्ने तयारी भएको छ ।
  • बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो ।

१३ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन हुँदैछ ।

बिहान १० बजेसम्म प्रकाशन गर्ने तयारी भएको छ । बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै आज प्रकाशन गर्न लागेको हो । नतिजा प्रकाशनबारे निर्णय गर्न बिहानै राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको छ । १५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने छ ।

तर, विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २६.२५ अंक पाएको छैन भने प्रमाण पत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र ग्रेड वृद्धि परीक्षा नदिइ कक्षा ११ मा पढ्न पाउने छैनन् । साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ । विद्यार्थीले २ विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः प्रधानमन्त्री मोदी
नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः प्रधानमन्त्री मोदी
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की
कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का
कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का
सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन
सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन
उखु किसान आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई
उखु किसान आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई
पहिरोका कारण कालीगण्डकी सडक अवरुद्ध
पहिरोका कारण कालीगण्डकी सडक अवरुद्ध
नेपाल मोबाइल ब्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व
नेपाल मोबाइल ब्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व
जनमत पार्टीका प्रभावसाली नेता इन्जिनियर बिपिन कापरको सहयोगमा कृषि औजार वितरण
जनमत पार्टीका प्रभावसाली नेता इन्जिनियर बिपिन कापरको सहयोगमा कृषि औजार वितरण
जसपा नेपालको समर्थनमा अध्यादेश पारित हुन्छ : नेपाली कांग्रेस
जसपा नेपालको समर्थनमा अध्यादेश पारित हुन्छ : नेपाली कांग्रेस
काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुँदै, पाँच हजार प्रहरी र पाँच सय ट्राफिक खटिँदै
काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुँदै, पाँच हजार प्रहरी र पाँच सय ट्राफिक खटिँदै
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...