एसईईको नतिजा आज सार्वजनिक हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १३, २०८१
|
|
५३ पटक हेरिएको
Shares
एसईईको नतिजा आज सार्वजनिक हुँदै

सारांश

  • माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन हुँदैछ ।
  • बिहान १० बजेसम्म प्रकाशन गर्ने तयारी भएको छ ।
  • बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो ।

१३ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन हुँदैछ ।

बिहान १० बजेसम्म प्रकाशन गर्ने तयारी भएको छ । बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै आज प्रकाशन गर्न लागेको हो । नतिजा प्रकाशनबारे निर्णय गर्न बिहानै राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको छ । १५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने छ ।

तर, विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २६.२५ अंक पाएको छैन भने प्रमाण पत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र ग्रेड वृद्धि परीक्षा नदिइ कक्षा ११ मा पढ्न पाउने छैनन् । साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ । विद्यार्थीले २ विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरको भीमफेदी कारागारमा एक कैदीको मृत्यु
मकवानपुरको भीमफेदी कारागारमा एक कैदीको मृत्यु
विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने प्रचण्डको घोषणा
विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने प्रचण्डको घोषणा
क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा
क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो
कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का
कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का
राजावादीको आन्दोलनविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने
राजावादीको आन्दोलनविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने
नेकपा केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज पेरिसडाँडामा
नेकपा केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज पेरिसडाँडामा
संसद्‌मा अमरेशको उत्तेजक अभिव्यक्ति : बालेनको घर अगाडि कबाडी थुपारौं
संसद्‌मा अमरेशको उत्तेजक अभिव्यक्ति : बालेनको घर अगाडि कबाडी थुपारौं
स्वास्थ्य मन्त्रालयले प्रदेशमा पठायो रेबिजबिरुद्धको ५१ हजार भायल खोप
स्वास्थ्य मन्त्रालयले प्रदेशमा पठायो रेबिजबिरुद्धको ५१ हजार भायल खोप
बाढीपहिरो र आगलागी पीडितले अस्थायी आवास बनाउन ५० हजार पाउने
बाढीपहिरो र आगलागी पीडितले अस्थायी आवास बनाउन ५० हजार पाउने