२६ जेष्ठ २०८२, आईतवार

बरहथवा नगरपालिकाको बजेट ८१ करोड ६७ लाख

 

११ असार, सर्लाही। सर्लाहीको बरहथवा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु ८१ करोड ६७ लाखको बजेट प्रस्तुत गरेका छन् ।

नगरपालिकाको नवनिर्मित सभा हलमा आयोजना गरिएको नगर सभालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका रक्षामन्त्री हरि प्रसाद उप्रेतीले पानसमा बत्ति बालेर सभाको उद्घाटन गरेका छन् । नगरपालिकाका उपप्रमुख रामबाबु प्रसाद साहले नवौं नगरसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम, तथा बजेट प्रस्तुत गरेका छन् । नगरपालिकाको नवौं नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले बरहथवा-६, स्थित नवनिर्मित १५ बेडको नगर अस्पताललाई विशेष प्राथमिकतामा राखिएको बताएका छन् । सो अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको सुबिधा सम्पन्न शल्यक्रिया, भिडियो एक्सरे, प्रयोगशाला, ब्लडबैंक,आइ.सी.यु. सहितको अत्याधुनिक सुविधा सम्पन्न प्रस्तुतिगृह विषेश प्राथमिकताका साथ क्रमशः संचालनमा ल्याइने र नगर अस्पतालमा बिमा सहितको फार्मेसी सेवा पनि संचालनमा ल्याइने बताएका छन् ।

नेपाली काङ्ग्रेस तथा नेकपा माओवादीबाट निर्वाचित वडा अध्यक्षहरुले सभालाई बहिस्कार गरेका छन् ।  आ.व. २०८०/०८१ को अन्तिम कार्यपालिकाको निर्णय अनुसार सबै पार्टी प्रतिनिधिलाई सभामा सहभागी नगराईएको र बजेट सहितको नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत नभएको भन्दै सभा बहिस्कार गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?