ढुक्क हुनुस् २०८३ चैत महिनामा फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्रीको दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ९, २०८१
|
|
५६ पटक हेरिएको
Shares
ढुक्क हुनुस् २०८३ चैत महिनामा फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्रीको दाबी

सारांश

  •  रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौं–तराईं फास्ट ट्रयाकमा २०८३ चैतभित्रै गाडी गुड्ने दाबी गरेका छन् ।
  • प्रतिनिधि सभाको बैठकमा बजेटमा रक्षामन्त्रालयको बजेटमा माथि आएका सुझावमा जवाफ दिँदै उप्रेतीले २०८३ चैतभित्र फास्ट ट्रयाकमा गाडी गुड्ने दाबी गरेका हुन् ।
  • ‘नेपाल सरकारबाट कार्यदिशा अनुसार २०८३  चैतभित्रै सम्पन्न गर्ने कार्ययोजना अनुसार तोकिएको लागत र गुणस्तरमा २०८३ चैतभित्रै त्यहाँ गाडी गुड्ने प्रतिवद्धता जनाउन चाहन्छु,’ उनले दाबी गर्दै भने ।

९ असार, काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौं–तराईं फास्ट ट्रयाकमा २०८३ चैतभित्रै गाडी गुड्ने दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बजेटमा रक्षामन्त्रालयको बजेटमा माथि आएका सुझावमा जवाफ दिँदै उप्रेतीले २०८३ चैतभित्र फास्ट ट्रयाकमा गाडी गुड्ने दाबी गरेका हुन् । ‘नेपाल सरकारबाट कार्यदिशा अनुसार २०८३  चैतभित्रै सम्पन्न गर्ने कार्ययोजना अनुसार तोकिएको लागत र गुणस्तरमा २०८३ चैतभित्रै त्यहाँ गाडी गुड्ने प्रतिवद्धता जनाउन चाहन्छु,’ उनले दाबी गर्दै भने । तर विवाद सिर्जना गरेर यत्ति ठूलो योजनालाई अलपत्र पार्न नहुने बताएका हुन् ।

‘यत्ति महत्वपूर्ण योजनामा खोकना प्रस्थान विन्दुमा विवाद गर्ने भएको छ । कैयौं व्यक्तिले खोकनामा विवाद सिर्जना गर्ने तर फर्सीडोलमा जग्गा किन्ने काम भएको छ । यता विवाद गरेर उता जग्गा किन्ने देखिएको छ,’ उनले भने, ‘सडकमा राज्यको यत्रो लगानी भइसक्यो । ब्याज लाग्छ । अब फर्किन सकिँदैन । राज्यको लगानी भएको छ । सीमित स्वार्थमा यसलाई डुबाउन हुँदैन ।’

जहाँबाट प्रस्थानविन्दु मानिएको हो त्यही हुनुपर्ने उनले बताए । ‘स्टमेट जहाँबाट भएको हो त्यहीबाट हुनुपर्छ । यसको लागि सबैले सहयोग गर्नुपर्छ । यो व्यापार गर्ने ठाउँ होइन’ उनले भने । आफूले दिनभरको प्रगतिको रिपोर्टिङ बुझिरहेको पनि उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता
निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता
मुख्यमन्त्री नियुक्ति विवाद : नेता–कार्यकर्ताबाट कर्मचारीमाथि कुटपिट
मुख्यमन्त्री नियुक्ति विवाद : नेता–कार्यकर्ताबाट कर्मचारीमाथि कुटपिट
सिरहामा इजाजत बिना सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई ७ दिनभित्र कागजात पेश गर्न प्रशासनको निर्देशन
सिरहामा इजाजत बिना सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई ७ दिनभित्र कागजात पेश गर्न प्रशासनको निर्देशन
लोक सेवा आयोगद्वारा अधिकृत तहमा ११९० जनाको नियुक्ति
लोक सेवा आयोगद्वारा अधिकृत तहमा ११९० जनाको नियुक्ति
बरहथवा नगरपालिकाको बजेट ८१ करोड ६७ लाख
बरहथवा नगरपालिकाको बजेट ८१ करोड ६७ लाख
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ
सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्ने
सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्ने
सिटौला बने राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता
सिटौला बने राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता
थाइल्यान्डमा सुरक्षा विमान दुर्घटना, ६ जनाको मृत्यु
थाइल्यान्डमा सुरक्षा विमान दुर्घटना, ६ जनाको मृत्यु
भारतमा बी-टेक पढिरहेकी नेपाली छात्राको शंकास्पद मृत्यु
भारतमा बी-टेक पढिरहेकी नेपाली छात्राको शंकास्पद मृत्यु