एकीकृत समाजवादीको महाधिवेशनका लागि १८०० प्रतिनिधि छनोट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ८, २०८१
|
|
३० पटक हेरिएको
Shares
एकीकृत समाजवादीको महाधिवेशनका लागि १८०० प्रतिनिधि छनोट

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार ८०० प्रतिनिधि छनोट गरेको छ ।
  • यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।
  • उनका अनुसार महाधिवेशनका लागि एक हजार आठ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ ।

८ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार ८०० प्रतिनिधि छनोट गरेको छ ।

यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् । उनका अनुसार महाधिवेशनका लागि एक हजार आठ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ । अधिकांश स्थानमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट भएको जनाउँदै पन्तले केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको बताइन् । उनका अनुसार महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब चार सय ५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन् । यसअघि केन्द्रीय नेता पनि चुनियर आउनपर्ने निर्णय गरिएकामा उक्त व्यवस्थालाई संशोधन गरी केन्द्रीय तहका नेता स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको थियो ।

छनोट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशत अर्थात ९५ जना मनोनयन गर्ने व्यवस्था छ । केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने पार्टी कार्यालयले जनाएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको जनाउँदै यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले दशौँ महाधिवेशन गर्न लागिएको पोलिटब्युरो सदस्य पन्तले बताइन् । पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । सङ्घीय संसद्‌मा १० र राष्ट्रियसभामा आठ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्र बैंकले चार अर्ब ५३ करोड मुद्दती निक्षेपमा लगानी गर्ने
राष्ट्र बैंकले चार अर्ब ५३ करोड मुद्दती निक्षेपमा लगानी गर्ने
रसुवाको कालिकामा करेन्ट सर्ट भई आगलागी हुँदा ३ घर जले, करिब २७ लाख बराबरको क्षति
रसुवाको कालिकामा करेन्ट सर्ट भई आगलागी हुँदा ३ घर जले, करिब २७ लाख बराबरको क्षति
गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी
गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी
सर्लाहीमा जलाउन लागेको शव प्रहरी नियन्त्रणमा, ससुरा सहित दुइ जना पक्राउ
सर्लाहीमा जलाउन लागेको शव प्रहरी नियन्त्रणमा, ससुरा सहित दुइ जना पक्राउ
राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, रास्वपाले समर्थन गर्ने सम्भावना
राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, रास्वपाले समर्थन गर्ने सम्भावना
एआईजी बढुवा नहुँदा ६ विभाग एक महिनादेखि डीआईजीको भरमा
एआईजी बढुवा नहुँदा ६ विभाग एक महिनादेखि डीआईजीको भरमा
आज पनि देशभरिका बालबालिकालाइ भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईँदै
आज पनि देशभरिका बालबालिकालाइ भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईँदै
जेनजी आन्दोलन विदेशीकोे डिजाइनमा भयो, फागुन २१ मा निर्वाचन असम्भव: दुर्गा प्रसाईँ
जेनजी आन्दोलन विदेशीकोे डिजाइनमा भयो, फागुन २१ मा निर्वाचन असम्भव: दुर्गा प्रसाईँ
समयमै गुणस्तरीय काम गर्नुस्, शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ : गृहमन्त्री लेखक
समयमै गुणस्तरीय काम गर्नुस्, शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ : गृहमन्त्री लेखक
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही