भौतिक मन्त्रालयको बजेटमा ज्ञानेन्द्र शाहीले मागे केपी ओलीको जवाफ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ४, २०८१
|
|
३२ पटक हेरिएको
Shares
भौतिक मन्त्रालयको बजेटमा ज्ञानेन्द्र शाहीले मागे केपी ओलीको जवाफ

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका छन् ।
  • सरकारमा एमाले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा सहभागी भएको हो ।
  • उपप्रधानमन्त्री महासेठले धनुषामा आफ्नो र श्रीमती जुलीकुमारी महतोको निर्वाचन क्षेत्रमा र एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापामा बढी योजना र रकम विनियोजन गरेको भन्दै शाहीले ओलीसँग जवाफ मागेका हुन् ।

 

४ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका छन् ।

सरकारमा एमाले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा सहभागी भएको हो । उपप्रधानमन्त्री महासेठले धनुषामा आफ्नो र श्रीमती जुलीकुमारी महतोको निर्वाचन क्षेत्रमा र एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापामा बढी योजना र रकम विनियोजन गरेको भन्दै शाहीले ओलीसँग जवाफ मागेका हुन् । मंगलबार प्रतिनिधिसभामा भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सोधे, ‘कुन आधारमा बजेटमा यसरी कर्णालीलाई अपमानित गर्नुभयो यसको जवाफ चाहिन्छ, म प्रधानमन्त्री ज्यू र सत्तापक्षका संसदीय दलका प्रमुख नेता केपी शर्मा ओलीज्यूसँग जवाफ माग्छु ।’

उपप्रधानमन्त्री महासेठले सिंगो कर्णालीमा भन्दा धनुषा र झापामा बढी बजेट विनियोजन गरेको शाहीले बताए । मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा धेरै बजेट विनियोजन गरेको भन्दै उनले मन्त्रालयको बजेट नै फिर्ता गर्न चाहेको बताए । ‘यो किताब मन्त्रीज्यूलाई डाइरेक्ट दिन मिल्दैन । म सभामुखमार्फत सिंगो कर्णालीको तर्फबाट र जुम्लाको तर्फबाट यो बजेट जस्ताको तस्तै फिर्ता लिइदिनुहुन अनुरोध गर्दछु । चाहिँदैन यो बजेट’, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?