कृषि विकास बहुउद्देश्यीय सहकारीका सञ्चालकसहित ४ जना पक्राउ
२ असार, काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार सहकारीका सञ्चालक तेजविक्रम थापासहित चार जनालाई आजै नियन्त्रणमा लिइएको हो । प्रहरीले घटनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दै छ । समस्याग्रस्त सूचीमा रहेको सहकारीले बचतकर्ताको ९५ करोड रुपैयाँ अनियमितता गरेको उजुरी परेको छ । तर, संस्थागत रूपमा दुई अर्ब बढी अपचलन गरेको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment