कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट
१ असार, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिवार प्रदेशसभामा सार्वजनिक गरेको बजेटमध्ये चालू खर्चतर्फ १४ अर्ब ४७ करोड ३० लाख छुट्याइएको छ । यस्तै पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख हुँदा वित्तीय व्यवस्थापन ४ अर्ब ५८ करोड ५० लाख रहेको छ । स्थानीय तहका विभिन्न अनुदानतर्फ भने कोशी सरकारले प्रदेशभर रहेका १३७ पालिकालाई ४ अर्ब ५८ करोड ५० लाख रकम विनियोजन गरेको छ । संघको अनुदानमा १२ अर्ब ४० करोड तथा आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड व्यवस्थापन हुने मन्त्री मगरले प्रक्षेपण गरेका छन् ।
त्यस्तै प्रदेश सरकारले पूर्वाधारका लागि १० अर्ब ४१ करोड बजेट विनियोजन गरेको छ । यसैगरी कृषिमा २ अर्ब ६७ करोड, खानेपानी तथा उर्जामा ४ अर्ब ७६ करोड, स्वास्थ्यमा ३ अर्ब ५८ करोड, सामाजिक क्षेत्रमा १ अर्ब ५८ करोड र पर्यटन, वन तथा वातावरण २ अर्ब ८२ करोड विनियोजन भएको छ । त्यस्तै सरकारले शान्ति सुरक्षा, सूचना तथा सञ्चारका लागि १ अर्ब ३ करोड छुट्याएको छ ।
Post Comment