गृहमन्त्री लामिछाने विरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा पेशी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १६, २०८१
|
|
४४ पटक हेरिएको
Shares
गृहमन्त्री लामिछाने विरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा पेशी

सारांश

  •   गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन माग गरिएको रिट सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ।
  • अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट पोखरेलको इजलासमा १० नम्बरमा पेशी रहेको छ।
  • महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा क्लिन चिट दिएको देखिने गरी कुनै पनि उजुरी र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका थिए ।

१६ जेठ, काठमाडौँ ।  गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन माग गरिएको रिट सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट पोखरेलको इजलासमा १० नम्बरमा पेशी रहेको छ। महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा क्लिन चिट दिएको देखिने गरी कुनै पनि उजुरी र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका थिए । रिटमा गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको  छ। रिटमा महान्यायाधिवक्ता कार्यालय कसैलाई लागेको कुनै आरोपबारे क्लिनचिट दिने निकाय नभई अनुसन्धान गर्ने कार्यालय भएकाले गृहमन्त्रीको हकमा लेखिएको चिठी गैरकानुनी भएको जिकिर गरिएको छ।

लामिछानेले अनुसन्धान गर्ने निकाय गृह मन्त्रालयकै नेतृत्वमा भएकाले उनलाई पदबाट निलम्बन गरी सहकारी ठगीको छानबिन हुनुपर्ने माग रिटमा गरिएको छ। उक्त रिट यसअघि अदालत प्रशासनले दरपिठ गरिदिएको थियो । सुरुमा दरपिठ भएको रिट पनि इजलासको आदेशले दर्ता भएको हो ।  न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले रिट दर्ता गर्ने आदेश गरेको थियो ।

उक्त आदेशपछि दर्ता भएको रिट पोखरेलको इजलासमा परेको हो ।  तर उक्त मुद्दा पोखरेलले नहेर्ने सम्भावना छ । किनकि विगतका लामिछानेका केही मुद्दामा उनले कानुन व्यवसायीको भूमिका निर्वाह गरेका कारण सुनुवाइ गर्न अस्वीकार गर्ने सम्भावना देखिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रेमा हेलिकप्टरबाट गर्भवतीको उद्धार
काभ्रेमा हेलिकप्टरबाट गर्भवतीको उद्धार
जनार्दनले मागे प्रचण्डको राजीनामा
जनार्दनले मागे प्रचण्डको राजीनामा
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी
बजेट विवादमा दिएको राजीनामा दुई वर्षपछि स्वीकृत, एमाले निर्वाचित वडा अध्यक्ष शाह पदमुक्त
बजेट विवादमा दिएको राजीनामा दुई वर्षपछि स्वीकृत, एमाले निर्वाचित वडा अध्यक्ष शाह पदमुक्त
सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ
सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ
मकवानपुरमा लुटिएको प्रहरीको पेस्तोल जंगलमा भेटियो, लागुऔषध तस्करीको टोली फरार
मकवानपुरमा लुटिएको प्रहरीको पेस्तोल जंगलमा भेटियो, लागुऔषध तस्करीको टोली फरार
राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेटवार्ता
राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेटवार्ता
सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
थाइल्याण्डको लगातार तेस्रो जित, नेदरल्याण्ड्सलाई १७ रनले हरायो
थाइल्याण्डको लगातार तेस्रो जित, नेदरल्याण्ड्सलाई १७ रनले हरायो