७ सदस्यीय संसदीय छानबिन समिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १५, २०८१
|
|
२९ पटक हेरिएको
Shares
७ सदस्यीय संसदीय छानबिन समिति गठन

सारांश

  • सरकारले सहकारी ठगी प्रकरण सात सदस्यीय संसदीय छानबिन समिति गठन गरेको छ ।
  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामो समयदेखि संसदीय छानबिन समितिको मागपछि सरकारले अन्तिम आज समिति गठन गरेको हो ।
  • समितिमा कांग्रेस र एमालेबाट दुई–दुई र माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना सांसद रहेका छन् ।

 

१५ जेठ, काठमाडौं । सरकारले सहकारी ठगी प्रकरण सात सदस्यीय संसदीय छानबिन समिति गठन गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामो समयदेखि संसदीय छानबिन समितिको मागपछि सरकारले अन्तिम आज समिति गठन गरेको हो । समितिमा कांग्रेस र एमालेबाट दुई–दुई र माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना सांसद रहेका छन् । कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे छन् भने एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्री छन् । यस्तै माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान संसदीय समिति सदस्य बनेका छन् । २९ वटा सहकारीमाथि छानबिन गर्न उक्त समितिलाई तीन महिनाको समय अवधि तोकिएको छ । समितिको संयोजकमा एमालेका थापा रहने भएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?