सहकारी ठगीविरुद्ध कांग्रेसले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १३, २०८१
|
|
३३ पटक हेरिएको
Shares
सहकारी ठगीविरुद्ध कांग्रेसले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्दै

सारांश

  • नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आज काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछ ।
  • दिउँसो १ बजे प्रदर्शनी मार्गमा आमसभा गर्दैछ ।
  • बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आज काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछ । दिउँसो १ बजे प्रदर्शनी मार्गमा आमसभा गर्दैछ ।

बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो । आइतबार गर्ने विरोध प्रदर्शनको क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ । काठमाडौंका १० क्षेत्रअनुसार क्रमश: उमेशज‌ंग रायमाझी, सीता थपलिया ‘उर्मिला’, रंगमति शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, अब्दुल सतार, डा डिला संग्रौला र प्रकाश स्नेहीलाई तोकिएको छ ।

  ललितपुरका ३ क्षेत्रमा क्रमश: दिलमान पाख्रिन, देवेन्द्रराज कँडेल र अर्जुन जोशी प्रतिनिधि बनेका छन् । त्यस्तै, भक्तपुरका २ क्षेत्रका लागि हरिशरण नेपाली र गणेश लामा प्रतिनिधि बनेका छन् । काठमाडौंको पछि कांग्रेसले प्रदेशस्तरमा पनि विरोध प्रदर्शन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने
भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने
बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको हैकमबादी सम्बन्धी समाचार प्रकाशन हुदाँ निराधार आरोप लगाउँदै 
बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको हैकमबादी सम्बन्धी समाचार प्रकाशन हुदाँ निराधार आरोप लगाउँदै 
गुण्डुमा एमाले सचिवालय बैठक सुरु
गुण्डुमा एमाले सचिवालय बैठक सुरु
जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने
जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने
३१ अर्ब हाराहारीमा बजेट ल्याउँदै कर्णाली सरकार, सांसदलाई ५ करोड
३१ अर्ब हाराहारीमा बजेट ल्याउँदै कर्णाली सरकार, सांसदलाई ५ करोड
५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे अनुमति
५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे अनुमति
रित्तो थाली बोकेर माइतीघरमा सुकुम्वासीको प्रदर्शन
रित्तो थाली बोकेर माइतीघरमा सुकुम्वासीको प्रदर्शन
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
उपसभामुख राना बंगलादेश प्रस्थान
उपसभामुख राना बंगलादेश प्रस्थान