११ श्रावण २०८२, शनिबार

कार्यदलको बैठक सिंहदरबारमा सुरु

 

१० जेठ, काठमाडौं । सहकारी ठगी छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश टुंगो लगाउन बनाइएको कार्यदलको बैठक सुरु भएको छ ।

बिहीबार अपराह्न कार्यदलको बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा सुरु भएको हो । आजको बैठकमा समितिको क्षेत्राधिकार र कार्यादेशबारे टुंगो लगाउने सहमतिको प्रयास हुने बताइएको छ । कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् । आजको बैठकमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?