राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ८, २०८३
|
|
६९ पटक हेरिएको
Shares
राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

सारांश

  • राउटे समुदायको मौलिक भाषा, संस्कृति, परम्परा, ज्ञान र परम्परागत सीप तथा कलाको पहिचान संरक्षण गर्दै उनीहरूको चाहना र आवश्यकताअनुसार जीवनस्तर उकास्न सरकारले विशेष कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।
  • समुदायको वास्तविक अवस्था, आवश्यकता र प्राथमिकता पहिचान गरी आवास, शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी तथा आर्थिक आत्मनिर्भरताका अवसर विस्तार गर्न विशेष अध्ययन कार्यदल गठन गर्ने पहलसमेत अघि बढाइएको छ ।
  • मंसिर ६ गते साँझ काठमाडौँको सुकेधारामा राउटे समुदायका सदस्यहरूसँग भएको भेटघाटका क्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले उनीहरूलाई मन्त्रालयमा आउन निमन्त्रणा गरेकी थिइन् ।

 

काठमाडौं ।

राउटे समुदायको मौलिक भाषा, संस्कृति, परम्परा, ज्ञान र परम्परागत सीप तथा कलाको पहिचान संरक्षण गर्दै उनीहरूको चाहना र आवश्यकताअनुसार जीवनस्तर उकास्न सरकारले विशेष कार्यक्रम अघि बढाउने तयारी गरेको छ । समुदायको वास्तविक अवस्था, आवश्यकता र प्राथमिकता पहिचान गरी आवास, शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी तथा आर्थिक आत्मनिर्भरताका अवसर विस्तार गर्न विशेष अध्ययन कार्यदल गठन गर्ने पहलसमेत अघि बढाइएको छ । मंसिर ६ गते साँझ काठमाडौँको सुकेधारामा राउटे समुदायका सदस्यहरूसँग भएको भेटघाटका क्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले उनीहरूलाई मन्त्रालयमा आउन निमन्त्रणा गरेकी थिइन् ।

सोही निमन्त्रणाअनुसार समुदायका दुई युवा र दुई बालिका सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेका थिए । मन्त्री बादीले आफ्नै कार्यकक्षमा उनीहरूसँग आत्मीय भेटघाट तथा छलफल गरिन् ।

मन्त्री बादीले समुदायका सदस्यहरूसँगै दिउँसोको खाना खानुका साथै उनीहरूकै रुचि र रोजाइअनुसार परिकारको व्यवस्था गरेकी थिइन् । सो क्रममा उनीहरूको व्यक्तिगत चाहना, जीवनशैली, आवश्यकता र भविष्यका योजनाबारे जानकारी लिइन् ।

राउटे समुदायका समस्या र आवश्यकताबारे सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई प्रत्यक्ष जानकारी गराई समाधानका लागि समन्वय जुटाउने उद्देश्यले मन्त्री बादीले समुदायका सदस्यहरूलाई आफ्नै साथमा लिएर विभिन्न मन्त्रीहरूसँग भेट गराइन् ।

समुदायका सदस्यहरूकै उपस्थितिमा उनीहरूका समस्या र आवश्यकताबारे सम्बन्धित मन्त्रीहरूसमक्ष कुरा राख्दै आवश्यक पहलका लागि आग्रह गरिन् ।

मन्त्री बादीले कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग राउटे समुदायको वर्तमान अवस्था, उनीहरूले भोगिरहेका समस्या र दीर्घकालीन विकासका सम्भावनाबारे छलफल गरिन् । समुदायको भाषा, संस्कृति र मौलिक पहिचान सुरक्षित राख्दै जीवनस्तर सुधार गर्न आवश्यक सरकारी पहल तथा विभिन्न मन्त्रालयबीचको समन्वयका विषयमा ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विप्लवले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने
आज विप्लवले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने
देश र व्यवस्थाका लागि महाधिवेशनभन्दा निर्वाचन महत्वपूर्ण: निधि
देश र व्यवस्थाका लागि महाधिवेशनभन्दा निर्वाचन महत्वपूर्ण: निधि
‘कुलिङ अफ पिरियड’ छेडखानी समितिले सभामुखलाई बुझायो प्रतिवेदन
‘कुलिङ अफ पिरियड’ छेडखानी समितिले सभामुखलाई बुझायो प्रतिवेदन
पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन
पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन
यस्तो छ, शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ, शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
एकान्तकुनामा पिकअपको ठ*क्करबाट पैदल यात्रीको मृ*त्यु
एकान्तकुनामा पिकअपको ठ*क्करबाट पैदल यात्रीको मृ*त्यु
समाचारको आडमा जुवाको प्रचार, एनपीएलको ‘न्युज पार्टनर’ डाफा न्युजमाथि कारबाहीको तयारी
समाचारको आडमा जुवाको प्रचार, एनपीएलको ‘न्युज पार्टनर’ डाफा न्युजमाथि कारबाहीको तयारी
एमाले रामेछापका नेता भन्छन् : सुशीला कार्कीलाई अमेरिकाले प्रधानमन्त्री बनायो
एमाले रामेछापका नेता भन्छन् : सुशीला कार्कीलाई अमेरिकाले प्रधानमन्त्री बनायो
आज खग्रास चन्द्रग्रहण, चन्द्रमा रातो देखिने
आज खग्रास चन्द्रग्रहण, चन्द्रमा रातो देखिने
नेता रिहाइका लागि राप्रपाले आमसभा गर्ने, दबाबका कार्यक्रम निरन्तर चल्ने
नेता रिहाइका लागि राप्रपाले आमसभा गर्ने, दबाबका कार्यक्रम निरन्तर चल्ने