भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ८, २०८३
|
|
४६ पटक हेरिएको
Shares
भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

सारांश

  • भारतको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्रीले बालेन शाह स्वदेश प्रस्थान गरेका छन् ।
  • उनी केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन् ।
  • प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा.

 

७ मंसिर, काठमाडौं ।

भारतको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्रीले बालेन शाह स्वदेश प्रस्थान गरेका छन् ।

उनी केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला लगायतले बिदाइ गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शाह हिजो भारत भ्रमणमा गएका थिए । विभिन्न भेटघाट र सम्झौता, सहमति लगायतका कार्यतालिका सकेर उनी आज नेपाल फर्किएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?