नेपालमा ‘रामायण’ ले कमायो २५ करोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ६, २०८३
|
|
२४३ पटक हेरिएको
Shares
नेपालमा ‘रामायण’ ले कमायो २५ करोड

सारांश

  • गत कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा २५ करोड रुपैयाँ भन्दा बढी कमाइ गरेको छ ।
  • विश्वभर आक्रामक कमाइ गरिरहेको फिल्मलाई नेपालमा समेत दर्शकको साथ प्राप्त भएको छ ।
  • उक्त अवधिमा फिल्मको ६ लाख ४० हजार बढी टिकट बिक्री भएको छ ।

 

५ मंसिर, काठमाडौं ।

गत कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा २५ करोड रुपैयाँ भन्दा बढी कमाइ गरेको छ । विश्वभर आक्रामक कमाइ गरिरहेको फिल्मलाई नेपालमा समेत दर्शकको साथ प्राप्त भएको छ । उक्त अवधिमा फिल्मको ६ लाख ४० हजार बढी टिकट बिक्री भएको छ । बक्सअफिस स्रोतका अनुसार फिल्मले नेपालबाट शुक्रबारसम्म २५ करोड ३० लाख बढी कमाइ गरेको छ । फिल्मलाई उपलब्ध गराईएको शो संख्या र दर्शकको अकुपेन्सी हेर्दा यसले ३० करोडको हाराहारीमा नेपालमा कमाइ गर्ने अनुमान गरिएको छ ।

नितेश तिवारी निर्देशित ’रामायण’मा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन् । निर्माता नमित मल्होत्राले भारतीय पौराणिक कथालाई विश्वव्यापी दर्शकमाझ पु¥याउने उद्देश्यसहित फिल्म निर्माण गरेका हुन् । भारतीय महाकाव्य रामायणको कथा एउटै फिल्ममा समेट्न सम्भव नहुने भएकाले निर्माण पक्षले यसलाई दुई भागमा प्रस्तुत गर्ने निर्णय गरेको हो । पहिलो भागको आधिकारिक शीर्षक ‘रामायण ः राइज अफ अ लेजेन्ड’ राखिएको छ । यसरी दुई भागमा निर्माण गर्नुको उद्देश्य कथाका महत्त्वपूर्ण घटना, सम्बन्ध र युद्धलाई विस्तृत रूपमा प्रस्तुत गर्नु हो । पहिलो भागमा रामको जीवन, वनवास, सीता हरण र राम–रावणबीचको द्वन्द्वको पृष्ठभूमि समेटिएको छ । दोस्रो भाग सन् २०२८ को दीपावलीमा प्रदर्शन गर्ने प्रारम्भिक योजना सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माछा मार्न गएका बोटे कालीगण्डकी नदीमा मृत फेला
माछा मार्न गएका बोटे कालीगण्डकी नदीमा मृत फेला
राप्रपाका युवाहरू आपसमै भिडेपछि अधिवेशन स्थगित
राप्रपाका युवाहरू आपसमै भिडेपछि अधिवेशन स्थगित
सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा
सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’ का प्रमुखको भेट
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’ का प्रमुखको भेट
कृषकलाई चैते धानको बीउ अनुदानमा
कृषकलाई चैते धानको बीउ अनुदानमा
भोलिसम्मका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
भोलिसम्मका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति
शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति
राजीनामापछि कुलमानको स्पष्ट सन्देशः ‘पद होइन, सिद्धान्त र जनता ठूलो’
राजीनामापछि कुलमानको स्पष्ट सन्देशः ‘पद होइन, सिद्धान्त र जनता ठूलो’
गाजामा इजरायली ट्याङ्कले गोली चलाउँदा २६ जनाको मृ*त्यु
गाजामा इजरायली ट्याङ्कले गोली चलाउँदा २६ जनाको मृ*त्यु
लोकतान्त्रिक अपाङ्ग संघको लेटरप्याड र छाप दुरूपयोग भएकोप्रति आपत्ति
लोकतान्त्रिक अपाङ्ग संघको लेटरप्याड र छाप दुरूपयोग भएकोप्रति आपत्ति