नेपाल दक्षिण र मध्य एशियाबीचको सभ्यतागत सेतु हो : मन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ६, २०८३
|
|
१३० पटक हेरिएको
Shares
नेपाल दक्षिण र मध्य एशियाबीचको सभ्यतागत सेतु हो : मन्त्री पौडेल

सारांश

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल दक्षिण र मध्य एसियाबीचको महत्त्वपूर्ण सभ्यतागत सेतुका रूपमा रहेको बताएकी छिन् ।
  • भारत र चीनबीच अवस्थित नेपालले गङ्गाको मैदान र तिब्बती पठारलाई जोड्दै व्यापार, तीर्थयात्रा, ज्ञान र संस्कृतिको आदानप्रदानमा ऐतिहासिक भुमिका निर्वाह गरेको उनको भनाइ छ ।
  • भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको पहिलो एससीओ सभ्यतागत संवादमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले नेपालको सभ्यतागत इतिहास, धार्मिक तथा सांस्कृतिक विविधता र विश्व सभ्यतामा पुर्‍याएको योगदान प्रश्तुत गरे ।

 

५ मंसिर, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल दक्षिण र मध्य एसियाबीचको महत्त्वपूर्ण सभ्यतागत सेतुका रूपमा रहेको बताएकी छिन् । भारत र चीनबीच अवस्थित नेपालले गङ्गाको मैदान र तिब्बती पठारलाई जोड्दै व्यापार, तीर्थयात्रा, ज्ञान र संस्कृतिको आदानप्रदानमा ऐतिहासिक भुमिका निर्वाह गरेको उनको भनाइ छ । भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको पहिलो एससीओ सभ्यतागत संवादमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले नेपालको सभ्यतागत इतिहास, धार्मिक तथा सांस्कृतिक विविधता र विश्व सभ्यतामा पुर्‍याएको योगदान प्रश्तुत गरे ।

उनले सभ्यता भौगोलिक सीमा, स्मारक वा राज्यसत्ताको इतिहासमा मात्र सिमित नहुने उल्लेख गर्दै विचार, दर्शन, भाषा, आस्था, संस्कृति र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञानको जीवन्त निरन्तरता भएको बताए ।

नेपाल १४२ जातजाति तथा समुदाय र १२४ मातृभाषाको साझा भूमि रहेको उल्लेख गर्दै पौडेलले प्राचीन खस, किरात, मिथिला र नेवार सभ्यतादेखि आदिवासी जनजाति तथा स्थानीय मौलिक परम्परासम्मको विविधता नेपालको पहिचान भएको बताए ।

हिन्दु, बौद्ध, किरातलगायतका आध्यात्मिक परम्परा शताब्दीयौँदेखि सहअस्तित्वमा रहँदै आएको भन्दै उनले यो विविधता नेपालको सांस्कृतिक सम्पदा र राष्ट्रिय पहिचानको आधार भएको बताए ।

नेपाललाई भगवान् गौतम बुद्धको जन्मभूमिका रूपमा चिनाउँदै लुम्बिनीबाट शुरु भएको शान्ति, करुणा, अहिंसा र मध्यम मार्गको सन्देश एशियाभर फैलिएको बताए ।

नेपाल र भारतबीचको साझा सभ्यतागत सम्बन्धबारे चर्चा गर्दै मन्त्री पौडेलले माता सीताको जन्मभूमि तथा राजा जनकको दार्शनिक विरासतसँग जोडिएको मिथिलालाई प्राचीन ज्ञान, चिन्तन र विमर्शको महत्वपूर्ण केन्द्र भएको जिकिर पनि उनले गरे ।

 

त्यसैगरी, नेपाली कलाकार तथा वास्तुविद् अरनिकोले नेपालको कला र शिल्पकौशललाई तिब्बत, चीन हुँदै मङ्गोलियासम्म पुर्‍याएको बताए ।

उनीसँगै गएको नेवार कला र शिल्प परम्पराले ती क्षेत्रको कला तथा वास्तुकलामा दीर्घकालीन प्रभाव पारेको उनको भनाइ छ । यी ऐतिहासिक सम्बन्धले एशियाली सभ्यताहरू एकअर्काबाट अलग रहेर नभई निरन्तरको सम्पर्क र आदानप्रदानबाट विकसित भएको पुष्टि गर्ने उनले बताए ।

सिख परम्पराअनुसार गुरु नानक देवले पशुपतिनाथको दर्शन गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले पशुपतिनाथ परिसरमा रहेको ऐतिहासिक भष्मेश्वर गुरु नानक मठमा गुरु ग्रन्थ साहिबको हस्तलिखित प्रति सुरक्षित रहेको जानकारी दिए ।

त्यस्तै, बौद्ध पर्व मुखाष्टमीका अवसरमा पञ्चभूत बुद्धको प्रतीकात्मक मुकुट शिवलिङ्गमा अर्पण गर्ने परम्पराले नेपालमा विभिन्न धार्मिक आस्थाबीच रहेको सहअस्तित्वलाई उजागर गर्ने उनको भनाइ छ । मन्त्री पौडेलले सभ्यतामा नेपालको योगदान धार्मिक आस्था र कलामा मात्रै सीमित नभई ज्ञान, दर्शन र साहित्यको संरक्षणमा समेत महत्वपूर्ण रहेको पनि बताए ।

नेपालमा धर्मग्रन्थहरूको प्रतिलिपि तयार गर्ने, अध्ययन गर्ने र संरक्षण गर्ने मौलिक परम्पराले बौद्ध दर्शन तथा संस्कृत साहित्यको ज्ञानभण्डार जोगाउन महत्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ थियो । गुरु रिन्पोछेका नामले समेत श्रद्धा गरिने पद्मसम्भवले काठमाडौं उपत्यकानजिक फर्पिङमा ज्ञान प्राप्त गरेको मान्यता रहेको उल्लेख गर्दै उनले हिमाली क्षेत्रमा बुद्धका शिक्षालाई स्थापित र विस्तार गर्न पद्मसम्भवको महत्वपूर्ण भूमिका रहेको बताए ।

काठमाडौं, पाटन र भक्तपुरका ऐतिहासिक सहरलाई नेपाली पुर्खाहरूको असाधारण कला, वास्तुकला र सिर्जनात्मक क्षमताका प्रमाणका रूपमा प्रश्तुत गर्दै पौडेलले त्यहाँका मन्दिर, स्तूप, गुम्बा, विहार, काष्ठकला, धातुकला र परम्परागत चित्रकलाको चर्चा गरे ।

सभ्यता विगतको गौरवगाथा मात्र नभई त्यसबाट प्राप्त ज्ञान र प्रज्ञालाई वर्तमानमा उपयोग गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्ने जिम्मेवारीसमेत भएको पनि बताए ।

नयाँ पुस्तालाई सभ्यतागत विरासतसँग जोड्नुपर्नेमा जोड दिँदै पौडेलले युवाहरूले पुराना स्मारक र पाण्डुलिपि मात्रै नभई तिनको सिर्जनासँग जोडिएका मूल्य, दर्शन र जीवनदृष्टिसमेत उत्तराधिकारका रूपमा प्राप्त गर्नुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमय दर
माओवादीको १० वर्षे हिंसाको राजनीतिको नेपालमा काम गर्ने वातावरण बनेन् : शंकर पोखरेल
माओवादीको १० वर्षे हिंसाको राजनीतिको नेपालमा काम गर्ने वातावरण बनेन् : शंकर पोखरेल
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन- प्रधानमन्त्री
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन- प्रधानमन्त्री
२ सन्देश बोकेर आएका थिए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले
२ सन्देश बोकेर आएका थिए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले
गौसको कीर्तिमानी शतकमा पोखराको पहिलो जित,
गौसको कीर्तिमानी शतकमा पोखराको पहिलो जित,
बल्खुमा झडप, केही प्रदर्शनकारी घाइते
बल्खुमा झडप, केही प्रदर्शनकारी घाइते
कांग्रेसले खोस्यो चार जिल्ला सभापतिको जिम्मेवारी, महामन्त्रीलाई मुगु प्रवेश निषेध
कांग्रेसले खोस्यो चार जिल्ला सभापतिको जिम्मेवारी, महामन्त्रीलाई मुगु प्रवेश निषेध
काँग्रेस—एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मैः प्रधानमन्त्री ओली
काँग्रेस—एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मैः प्रधानमन्त्री ओली
प्रधानमन्त्री प्रचण्डको आह्वान सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
प्रधानमन्त्री प्रचण्डको आह्वान सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु: ओली
जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु: ओली