सर्लाहीमा सीमा क्षेत्रबाट बरामद गरिएका अवैध पटाका नष्ट
सारांश
- बिबेक यादव सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित संग्रामपुर सीमा क्षेत्रबाट बरामद गरिएको करिब ६० हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका पटाका सशस्त्र प्रहरीले नष्ट गरेको छ।
- भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट (बीओपी) संग्रामपुरबाट खटिएको टोलीले कात्तिक २३ गते बिहान करिब ९ः४५ बजे ती पटाका बरामद गरेको थियो।
- सशस्त्र प्रहरीका अनुसार बरामद पटाकामा नागिन, गुनगुन, रकेट, रोल क्याप, सर्पजस्ता पटाका, फलफर पट, फायर वर्क, झिरझिरे र बुलेट बमलगायतका सामग्री छन्।
२३ कात्तिक, सर्लाही । बिबेक यादव
सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित संग्रामपुर सीमा क्षेत्रबाट बरामद गरिएको करिब ६० हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका पटाका सशस्त्र प्रहरीले नष्ट गरेको छ।
भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट (बीओपी) संग्रामपुरबाट खटिएको टोलीले कात्तिक २३ गते बिहान करिब ९ः४५ बजे ती पटाका बरामद गरेको थियो।
सशस्त्र प्रहरीका अनुसार बरामद पटाकामा नागिन, गुनगुन, रकेट, रोल क्याप, सर्पजस्ता पटाका, फलफर पट, फायर वर्क, झिरझिरे र बुलेट बमलगायतका सामग्री छन्। ती पटाकाको अनुमानित बजार मूल्य ६० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएका पटाका सोही दिन संग्रामपुर बीओपी परिसरभित्र खाल्डो खनेर नष्ट गरिएको हो।
पटाका नष्ट गर्ने क्रममा पर्सा गाउँपालिका–२ का वडाध्यक्ष राकेश राम, सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय संग्रामपुरका प्रतिनिधि, सञ्चारकर्मी विवेक कुमार यादव तथा स्थानीयवासीको उपस्थिति थियो।
सीमा क्षेत्रबाट अवैध रूपमा भित्र्याइने विस्फोटक तथा जोखिमपूर्ण सामग्री नियन्त्रण गर्न निगरानी र चेकजाँचलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रतिक्रिया