ब्रह्मपुरी गाउँपालिकामा भोलि सोमबार शोक बिदा
सारांश
- ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको निधनमा गाउँपालिकाले सोमबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ।
- गाउँपालिकाकी उपाध्यक्ष श्यामकला यादवले आइतबार सूचना जारी गर्दै कात्तिक ९ गते सोमबार शोक बिदा दिइएको जानकारी दिएकी हुन्।
- शोक बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरू बन्द रहनेछन्।
८ कात्तिक, सर्लाही।
ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको निधनमा गाउँपालिकाले सोमबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाकी उपाध्यक्ष श्यामकला यादवले आइतबार सूचना जारी गर्दै कात्तिक ९ गते सोमबार शोक बिदा दिइएको जानकारी दिएकी हुन्।

शोक बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरू बन्द रहनेछन्। तर, आकस्मिक तथा अत्यावश्यक सेवा भने सञ्चालनमा रहने गाउँपालिकाले जनाएको छ।
८५ वर्षीय अध्यक्ष साहको गत बुधबार बिहान काठमाडौंमा निधन भएको हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया