गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १४, २०८१
|
|
१९ पटक हेरिएको
Shares
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् ।
  • पूर्वाञ्चल विश्वविद्यालयको १२ औं दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए।
  • ‘पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयारगरी मेडिकल कलेज सञ्चालन गर्नुपर्छ ।

१४ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको १२ औं दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए। ‘पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयारगरी मेडिकल कलेज सञ्चालन गर्नुपर्छ । यस क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ’, उनले भने, ‘मेरै पहलमा पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त गरेको हो । आगामी दिनमा यस क्षेत्रको अधिक जनसङ्ख्यालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्नेछु ।’

कृषि, उद्योग र पर्यटन विकासमा टेवा पुर्‍याउने र जनताको जीवनस्तरमा सुधार ल्याउने गरी सडक सञ्जाल विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले रणनीतिक महत्त्व बोकेको विराटनगर चक्रपथ निर्माणलाई आगामी आर्थिक वर्षदेखि योजनाबद्ध तवरले अगाडि बढाइने जानकारी दिए । पूर्वाञ्चल विश्वविद्यालयले रोजगारमूलक, व्यावहारिक र जीवनोपयोगी शिक्षामा विशेष जोड दिन आवश्यक रहेको बताए । ‘खासगरी जैविक विविधताको अनुसन्धान, प्राकृतिक स्रोत–साधन र परम्परागत ज्ञान–सीपको सम्वर्द्धन गर्नुपर्छ ।

कृषिमा अत्याधुनिक प्रविधिको प्रयोग र यान्त्रिकीकरणमा समेत यो विश्वविद्यालयले विशेष योगदान पुर्‍याउनुपर्छ’, उनले भने । प्रधानमन्त्री प्रचण्डले अलैंची, चिया, रुद्राक्ष, जडिबुटी, जुट, फलफूल लगायतका मौलिक बालीहरूका बारेमा सूक्ष्म शोध–अनुसन्धानका साथै उत्पादनको अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तारका लागि विश्वविद्यालयले महत्त्वपूर्ण योगदान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशोधन गरेर ०८४ को निर्वाचनमा जानुपर्छ : गगन थापा
संविधान संशोधन गरेर ०८४ को निर्वाचनमा जानुपर्छ : गगन थापा
बैंकमा पैसा लिन जान्छु भनेर हिँडेका पुरूष खोलामा मृत फेला
बैंकमा पैसा लिन जान्छु भनेर हिँडेका पुरूष खोलामा मृत फेला
बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
यू-१९ महिला विश्वकपः १८ बलमा २ रन बनाएर आउट भइन् कप्तान पूजा
यू-१९ महिला विश्वकपः १८ बलमा २ रन बनाएर आउट भइन् कप्तान पूजा
ह्वाइट हाउस नजिकै गोलीबारी हुँदा गो*ली लागेकी सैनिकको मृ*त्यु
ह्वाइट हाउस नजिकै गोलीबारी हुँदा गो*ली लागेकी सैनिकको मृ*त्यु
कात्तिकभित्रै बक्यौता भुक्तानी गर्ने सहमतिपछि दूध किसानले रोके आन्दोलन
कात्तिकभित्रै बक्यौता भुक्तानी गर्ने सहमतिपछि दूध किसानले रोके आन्दोलन
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर जारी
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर जारी
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
सभामुखलाई प्रधानमन्त्रीको जवाफ : उपयुक्त समयमा संसद् आउँला
सभामुखलाई प्रधानमन्त्रीको जवाफ : उपयुक्त समयमा संसद् आउँला
कक्षा १२ मा ‘एनजी’ आएका विद्यार्थीको फारम दस्तुर फिर्ता हुन्छ : चिकित्सा शिक्षा आयोग
कक्षा १२ मा ‘एनजी’ आएका विद्यार्थीको फारम दस्तुर फिर्ता हुन्छ : चिकित्सा शिक्षा आयोग