सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १४, २०८१
|
|
३५ पटक हेरिएको
Shares
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् ।
  • पूर्वाञ्चल विश्वविद्यालयको १२ औं दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए।
  • ‘पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयारगरी मेडिकल कलेज सञ्चालन गर्नुपर्छ ।

१४ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको १२ औं दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए। ‘पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयारगरी मेडिकल कलेज सञ्चालन गर्नुपर्छ । यस क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ’, उनले भने, ‘मेरै पहलमा पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त गरेको हो । आगामी दिनमा यस क्षेत्रको अधिक जनसङ्ख्यालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्नेछु ।’

कृषि, उद्योग र पर्यटन विकासमा टेवा पुर्‍याउने र जनताको जीवनस्तरमा सुधार ल्याउने गरी सडक सञ्जाल विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले रणनीतिक महत्त्व बोकेको विराटनगर चक्रपथ निर्माणलाई आगामी आर्थिक वर्षदेखि योजनाबद्ध तवरले अगाडि बढाइने जानकारी दिए । पूर्वाञ्चल विश्वविद्यालयले रोजगारमूलक, व्यावहारिक र जीवनोपयोगी शिक्षामा विशेष जोड दिन आवश्यक रहेको बताए । ‘खासगरी जैविक विविधताको अनुसन्धान, प्राकृतिक स्रोत–साधन र परम्परागत ज्ञान–सीपको सम्वर्द्धन गर्नुपर्छ ।

कृषिमा अत्याधुनिक प्रविधिको प्रयोग र यान्त्रिकीकरणमा समेत यो विश्वविद्यालयले विशेष योगदान पुर्‍याउनुपर्छ’, उनले भने । प्रधानमन्त्री प्रचण्डले अलैंची, चिया, रुद्राक्ष, जडिबुटी, जुट, फलफूल लगायतका मौलिक बालीहरूका बारेमा सूक्ष्म शोध–अनुसन्धानका साथै उत्पादनको अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तारका लागि विश्वविद्यालयले महत्त्वपूर्ण योगदान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६ देखि, पोलिटब्यूरो र स्थायी कमिटी गठन गर्ने
एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६ देखि, पोलिटब्यूरो र स्थायी कमिटी गठन गर्ने
‘सगरमाथा संवाद अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण’
‘सगरमाथा संवाद अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण’
नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
गृहमन्त्री र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता जारी
गृहमन्त्री र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता जारी
धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा
धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा
निर्वाचन आयोगमा ३२ वटा दल दर्ता प्रक्रियामा
निर्वाचन आयोगमा ३२ वटा दल दर्ता प्रक्रियामा
राष्ट्र बैंकको निर्देशन– सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह
राष्ट्र बैंकको निर्देशन– सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ
पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ
प्रधानमन्त्रीविरुद्धको मुद्दामा असार ८ गते सुनुवाइ हुने
प्रधानमन्त्रीविरुद्धको मुद्दामा असार ८ गते सुनुवाइ हुने