वीरगञ्जको क्यासिनोबाट ५ नेपाली पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ५, २०८३
|
|
१०२ पटक हेरिएको
Shares
वीरगञ्जको क्यासिनोबाट ५ नेपाली पक्राउ

सारांश

  • पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
  • वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपालीलाई प्रवेश गराएर जुवा खेल्ने तथा खेलाउने काम भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
  • प्रहरीका अनुसार सोमबार साँझ करिब ७ः३० बजे क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलिरहेको तथा खेलाइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

४ कात्तिक, वीरगञ्ज । पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपालीलाई प्रवेश गराएर जुवा खेल्ने तथा खेलाउने काम भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सोमबार साँझ करिब ७ः३० बजे क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलिरहेको तथा खेलाइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–४ का ४८ वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका–८ का ४९ वर्षीय अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का ४७ वर्षीय सुवास कुमार, परवानीपुर गाउँपालिका–५ का ३५ वर्षीय सुनिल पटेल र रौतहटको बौधिमाई नगरपालिका–९ का ५० वर्षीय सुमेश्वरनाथ प्रसाद छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
अविरल वर्षापछि बिपी राजमार्ग पूर्ण बन्द
अविरल वर्षापछि बिपी राजमार्ग पूर्ण बन्द
६६६ बिचौलियालाई नियन्त्रणमा, ४६५ सुकुमवासीलाई राहत
६६६ बिचौलियालाई नियन्त्रणमा, ४६५ सुकुमवासीलाई राहत
पत्रकार महासंघको आन्दोलन घोषणा, अनलाइन मिडिया दर्ता खुलाउन माग
पत्रकार महासंघको आन्दोलन घोषणा, अनलाइन मिडिया दर्ता खुलाउन माग
राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी
राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी
सगरमाथाको चौथो शिविरमा फिलिपिनी आरोहीको मृत्यु
सगरमाथाको चौथो शिविरमा फिलिपिनी आरोहीको मृत्यु
नेताहरूले शिर नउठाउन् भनेर शितलनिवास गएको हुँ, पानी समेत खाइनँ : सुदन गुरुङ
नेताहरूले शिर नउठाउन् भनेर शितलनिवास गएको हुँ, पानी समेत खाइनँ : सुदन गुरुङ
१० महिनामा देशबाट विद्यार्थीसँगै बाहिरियो एक खर्ब १२ अर्ब रुपैयाँ
१० महिनामा देशबाट विद्यार्थीसँगै बाहिरियो एक खर्ब १२ अर्ब रुपैयाँ
सहकारी ठगी आरोपमा पूर्व रजिष्ट्रार पराजुली पक्राउ
सहकारी ठगी आरोपमा पूर्व रजिष्ट्रार पराजुली पक्राउ
मौसम र सडकको अवस्थाबारे जानकारी लिन कुलमानले बोलाए बैठक
मौसम र सडकको अवस्थाबारे जानकारी लिन कुलमानले बोलाए बैठक
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...