फेसबुकमा दसैंको शुभकामना दिंदै प्रधानमन्त्री बालेनले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ५, २०८३
|
|
१०७ पटक हेरिएको
Shares
फेसबुकमा दसैंको शुभकामना दिंदै प्रधानमन्त्री बालेनले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ

सारांश

  • प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन् ।
  • विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गराउन आवश्यक रहेको बताएका हुन् ।
  • ‘आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ’, उनले सन्देशमा भनेका छन् ।

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन् ।

विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गराउन आवश्यक रहेको बताएका हुन् । ‘आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ’, उनले सन्देशमा भनेका छन् ।

प्रधानमन्त्री बालेनले विकृति हटाउन इमानदार प्रयास, अठोट र सामूहिक मेहनत आवश्यक रहेको उल्लेख गर्दै परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्ने बताएका छन् ।

उनले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने बताएका छन् ।

विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै उनले यस पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन् ।

वर्षौंदेखि छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता साट्ने अवसरका रूपमा समेत विजयादशमीको महत्त्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री बालेनले सबैलाई सद्भाव, एकता, सम्मान र माया साटासाट गरेर पर्व मनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रियुगा नदीको बाढीले बगायो बस
त्रियुगा नदीको बाढीले बगायो बस
कप्तान अनिलको अविजित अर्धशतकमा मधेशले बागमतीलाई हरायो
कप्तान अनिलको अविजित अर्धशतकमा मधेशले बागमतीलाई हरायो
संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव
संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव
आज हटाइएका सुकुमवासीलाई पाँच स्थानमा राखिने
आज हटाइएका सुकुमवासीलाई पाँच स्थानमा राखिने
सुकुम्वासीका बारेमा सरकारको शासकीय सुधार कार्यसूचीमा के छ ?
सुकुम्वासीका बारेमा सरकारको शासकीय सुधार कार्यसूचीमा के छ ?
सामूहिक बलात्कारको आरोपमा पीडितकी पति पक्राउ, दुई किशोर फरार
सामूहिक बलात्कारको आरोपमा पीडितकी पति पक्राउ, दुई किशोर फरार
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक
झापा र मोरङमा मानव-हात्ती द्वन्द्वको जोखिम बढ्यो
झापा र मोरङमा मानव-हात्ती द्वन्द्वको जोखिम बढ्यो
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल
दार्चुलाको जिप दुर्घटना : घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत धनगढी लगियाे
दार्चुलाको जिप दुर्घटना : घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत धनगढी लगियाे
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...