ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको नि*धन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ५, २०८३
|
|
७० पटक हेरिएको
Shares
ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको नि*धन

सारांश

  • सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको ८५ वर्षको उमेरमा निधन भएको छ।
  • सामान्य रुघाखोकी र ज्वरोबाट पीडित साहको काठमाडौंमा निधन भएको हो।
  • परिवारका अनुसार साह एक सातादेखि काठमाडौंस्थित एक अस्पतालमा उपचाररत थिए।

४ कार्तिक, सर्लाही।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको ८५ वर्षको उमेरमा निधन भएको छ। सामान्य रुघाखोकी र ज्वरोबाट पीडित साहको काठमाडौंमा निधन भएको हो।

परिवारका अनुसार साह एक सातादेखि काठमाडौंस्थित एक अस्पतालमा उपचाररत थिए। स्वास्थ्यमा सुधार आएपछि अस्पतालले उनलाई मंगलबार डिस्चार्ज गरेको थियो। उपचारपछि निको भएर घर फर्किने तयारीमा रहेका साहको बुधबार बिहान कोठामै निधन भएको उनका छोरा दिलीप साहले जानकारी दिए ।

साहको पार्थिव शरीरलाई सर्लाहीस्थित ब्रह्मपुरी गाउँपालिका ल्याउने तयारी भइरहेको छ। उनको निधनको खबरले परिवार, आफन्त तथा स्थानीयवासी शोकमा परेका छन्।

साह २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट ब्रह्मपुरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनेका थिए। उनले ४ हजार ६७८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...