पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ४, २०८३
|
|
९८ पटक हेरिएको
Shares
पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

सारांश

  •   पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।
  • यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरुले यसवर्ष पर्यटकीय अनुकुल याम नसकिंदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ ।
  • मुस्ताङमा बर्सेनि दुई याममा निजी क्षेत्रका तारा एयरलाइन्स र समिट एयरलाइन्सका १८ सिटे जहाजहरुले पोखरा—जोमसोम हवाई सेवा सञ्चालन गर्दै आइरहेका छन् ।

३ कात्तिक, मुस्ताङ ।  पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ । यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरुले यसवर्ष पर्यटकीय अनुकुल याम नसकिंदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ ।

मुस्ताङमा बर्सेनि दुई याममा निजी क्षेत्रका तारा एयरलाइन्स र समिट एयरलाइन्सका १८ सिटे जहाजहरुले पोखरा—जोमसोम हवाई सेवा सञ्चालन गर्दै आइरहेका छन् ।

जोमसोमस्थित नागरिक उड्ययन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार अघिल्लो साता तारा एयरलाइन्सले र सोमबारदेखि समिट एयरलाइन्सको नियमित हवाई उडान सेवा बन्द गरेका हुन् ।

मुस्ताङमा अगस्टदेखि नोभेम्बरसम्म पोखरा–जोमसोम हवाई सेवा नियमित रुपमा सञ्चालन हुने गरेको थियो । प्रमुख शर्माका अनुसार तारा एयरका तीनमध्ये एउटा जहाज मर्मतका भइरहेको र समिट एयरको चारमध्ये एउटाको मर्मतका लागि लैजाने तयारी भइरहेको छ ।

जोमसोमस्थित समिट एयरलाइन्सनका स्टेशन इञ्चार्ज सुमन थकालीले रसुवाको विनाशकारी बाढी घटना र देशका विभिन्न स्थानमा बाढी पहिरोले सडकमार्ग अवरुद्ध हुने जस्ता घटनाका कारण हवाई यात्रुहरुले बुकिङ रद्द गरेका कारण नियमित हवाई उडान स्थगित गर्नु परेको बताए। यद्यपि चार्टर उडान भने नरोकिने उनको भनाइ छ ।

यी दुई हवाई कम्पनीले बर्सेनि एक हजार २०० भन्दा बढी नियमित हवाई उडान सेवा गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमतीका चार मन्त्रीले दिए राजीनामा
बागमतीका चार मन्त्रीले दिए राजीनामा
पत्रकार दिलभूषण पक्राउका लागि जारी पुर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै
पत्रकार दिलभूषण पक्राउका लागि जारी पुर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै
कर्णालीमा शतप्रतिशत मत खस्यो, ४ बजेबाट मतगणना
कर्णालीमा शतप्रतिशत मत खस्यो, ४ बजेबाट मतगणना
बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग
बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग
यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, गार्डसहित ५ जनाको मृ*त्यु
यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, गार्डसहित ५ जनाको मृ*त्यु
आज वैशाख २७ गते बुधबार, यस्तो छ आजको राशिफल।
आज वैशाख २७ गते बुधबार, यस्तो छ आजको राशिफल।
आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुँदै
आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुँदै
खगेन्द्र सुनारले आयोगमा बुझाए लिखित जवाफ, तीन विषयलाई नोटिसमा राखेर हुँदैछ छानबिन
खगेन्द्र सुनारले आयोगमा बुझाए लिखित जवाफ, तीन विषयलाई नोटिसमा राखेर हुँदैछ छानबिन
माओवादीको पदाधिकारी बैठक बस्दै, प्रचण्डले जवाफ दिने
माओवादीको पदाधिकारी बैठक बस्दै, प्रचण्डले जवाफ दिने
मधेश प्रदेशका वनमन्त्रीले दिए राजीनामा
मधेश प्रदेशका वनमन्त्रीले दिए राजीनामा
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...