कांग्रेसका कार्यकर्ता पनि अब श्रमदानमा- कालीकोटमा हरेक साता अभियान चलाउने निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २, २०८३
|
|
१०९ पटक हेरिएको
Shares
कांग्रेसका कार्यकर्ता पनि अब श्रमदानमा- कालीकोटमा हरेक साता अभियान चलाउने निर्णय

सारांश

  • नेपाली कांग्रेस कालीकोटको नरहरिनाथ गाउँ कार्यसमितिले प्रत्येक हप्ता जनश्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
  • गाउँ कार्यसमितिको प्रथम बैठकले महिनाको प्रत्येक हप्ता जनश्रमदान गर्ने निर्णय गरेको हो ।
  • पार्टीलाई जनतासँग जोड्ने, सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने तथा स्थानीय विकास निर्माणमा जनसहभागिता सुनिश्चित गर्ने उद्देश्यले साप्ताहिक जन श्रमदान कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका सभापति रामबहादुर बटालाले बताए ।

कालीकोट । नेपाली कांग्रेस कालीकोटको नरहरिनाथ गाउँ कार्यसमितिले प्रत्येक हप्ता जनश्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँ कार्यसमितिको प्रथम बैठकले महिनाको प्रत्येक हप्ता जनश्रमदान गर्ने निर्णय गरेको हो ।

पार्टीलाई जनतासँग जोड्ने, सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने तथा स्थानीय विकास निर्माणमा जनसहभागिता सुनिश्चित गर्ने उद्देश्यले साप्ताहिक जन श्रमदान कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका सभापति रामबहादुर बटालाले बताए ।

नरहरिनाथ गाउँपालिकाभरि प्रत्येक आइतबार दुईदेखि तीन वटा स्थान छनोट गरी बिग्रिएका, भत्किएका तथा मर्मतसम्भार गर्नुपर्ने साना विकास निर्माणका योजना तथा संरचनाहरूको श्रमदानमार्फत मर्मतसम्भार गर्ने, क्रियाशील सदस्यको अनिवार्य सहभागिता जनाउने निर्णय भएको सभापति बटालाको भनाई छ ।

कांग्रेसका प्रत्येक क्रियाशील सदस्यले महिनामा कम्तीमा एक दिन पार्टीले आयोजना गर्ने सामाजिक सेवा, श्रमदान, विकास निर्माण तथा जनहितका कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुने व्यवस्था मिलाउने र सम्बन्धित वडा कार्यसमिति, टोल समिति तथा पार्टीका क्रियाशील सदस्यहरूसँग समन्वय गरी श्रमदान गर्नुपर्ने स्थान पहिचान गर्ने, आवश्यक जनशक्ति परिचालन गर्ने र कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

सञ्चालित श्रमदान कार्यक्रमको विवरण, सहभागी सदस्यहरूको उपस्थिति तथा सम्पन्न कामको अभिलेख राख्ने, पार्टीका नेता, कार्यकर्ता, युवा तथा स्थानीय नागरिकलाई विकास निर्माण र सामाजिक सेवाका कार्यमा सहभागी गराउँदै जनताको सुखदुःखमा साथ दिने, जनताको समस्या समाधानमा अग्रसर हुने र पार्टीप्रति जनविश्वास अभिवृद्धि गर्ने सभापति बटालाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...