२६ जेष्ठ २०८२, आईतवार

जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टर द्वारा आगलागी पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण

मौसम झा पाठक 

१४ वैशाख, जनकपुरधाम। धनुषाको जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टरले महोत्तरीको मटिहानीमा आगलागीबाट पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण गरेको छ ।

सुचना अधिकारी संजय मण्डलका अनुसार न्युरो हस्पिटलको एक टिम बिहिबार मटिहानी नगरपालिका वडा नं. ६ स्थित अग्निपीडित परिवारहरुलाई राहत सोरुप खाध्यान्न र कपडाहरु वितरण गरेको हो । जनकपुर न्युरो होस्पिटलका संचालक डा. विजय राउतको नेतृत्वमा पुगेको टोलीले पीडितहरु साडी, गम्छा, चामल, विस्कुट लगायतका राहत सामाग्री वितरण गरिएको हो । जलेको वस्तीका आगलागीबाट पीडित १ सय १० भन्दा बढी परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । पीडित परिवारलाई सो राहत सामाग्री मटिहानी नगरपालिका नगरप्रमुख हरिप्रसाद मण्डलले हस्तान्तरण गरेका थिए ।

उनले आफ्नो नगरको आगलागी पीडितलाई अस्पतालले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए । अस्पतालका संचालक राउतले यो विपदको घडीमा सबैले पीडितका लागि सहयोगी हात आगाडी बढाउनु पर्छ भन्ने अभिप्रायले हामीहरुले समेत सहयोगी भावनाका साथ राहत सामाग्री वितरण गरेको बताए । उनले अन्य सहयोगी हातहरुलाई समेत आगलागीबाट पीडितहरुको सहयोगका लागि अगाडी आह्वान गरे ।

तेसै गरि जनकपुर न्युरो होस्पिटलका संचालकले भने हामि समाजको जतिसुकै बेला सहयोग गर्न तयार हुन्छौ, होस्पिटल देखि लिएर गाउँ समाजमा समेत बेलाबेला सहयोग गर्दै आईरहेका छौं। डा राउतका अनुसार हामिले होस्पिटलमा बेला बेला शिविर समेत चलाउँदै आएका छौँ।राहत सामाग्री वितरणका लागि अस्पतालका संचालिका विभा राउत, चेयरमैन अजय राउत, सूचना अधिकारी संजय मण्डल लगायतका व्यक्ति पुगेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment