तीन दिनमा सुनको मूल्य प्रतितोला ७ हजार घट्यो
सारांश
- बुधबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ ।
- योसहित विगत तीन दिनमा सुनको मूल्य तोलामा ७ हजार रुपैयाँ घटेको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलामा २ लाख ८९ हजार ५ सय रुपैयाँ तोकेको छ ।
२८ असोज, काठमाडौं ।
बुधबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ । योसहित विगत तीन दिनमा सुनको मूल्य तोलामा ७ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलामा २ लाख ८९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । त्यस्तै आइतबार सुनको मूल्य तोलामा २ लाख ९६ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको भाउ आज तोलामा १ सय रुपैयाँ घटेको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलामा ४ हजार २५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ३५५ रुपैयाँ थियो । आइतबार चाँदीको भाउ ४ हजार ४४० रुपैयाँ थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...
प्रतिक्रिया