देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी
सारांश
- बुधबार अपराह्न चालिसेले उम्मेदवारी फिर्ता लिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
- उनले खुलातर्फ उपसभापतिमा उम्मेदवारी दिएका थिए।
- चालिसे कांग्रेसका प्रवक्ता हुन्।
नेपाली कांग्रेसका नेता देवराज चालिसेले उपसभापतिबाट उम्मेदवारी फिर्ता लिएका छन्।
बुधबार अपराह्न चालिसेले उम्मेदवारी फिर्ता लिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। उनले खुलातर्फ उपसभापतिमा उम्मेदवारी दिएका थिए। चालिसे कांग्रेसका प्रवक्ता हुन्।
यसअघि सभापतिका उम्मेदवार किशोरसिंह राठौरले पनि उम्मेदवारी फिर्ता लिएका थिए। सभापतिका उम्मेदवार गगन थापासँग छलफल गरेर उम्मेदवारी फिर्ता लिएको राठौरले बताएका थिए।
कांग्रेसको महाधिवेशनमा आज उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। बिहीबार बिहानबाट मतदान हुने निर्वाचन समितिले जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया