लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १२, २०८१
|
|
३१ पटक हेरिएको
Shares
लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

सारांश

  • लुम्बिनीका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् ।
  • मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल,आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिइएको छ ।
  • चारैजना मन्त्री नेकपा एमालेबाट मन्त्री बनेका हुन् ।

१२ वैशाख, बुटवल । लुम्बिनीका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल,आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिइएको छ । चारैजना मन्त्री नेकपा एमालेबाट मन्त्री बनेका हुन् । यस्तै भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयमा धर्मबहादुर चौधरी, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेत र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिइएको छ । चौधरी नागरिक उन्मुक्तिपार्टी, बस्नेत स्वतन्त्र र अधिकारी एकीकृत समाजवादी पार्टीकी हुन् ।

यसअघि एमालेबाट चेतनारायण आचार्यले अर्थ मन्त्रालय, माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाइसकेका थिए । यस्तै कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरले भने राजीनामा दिएका छन् ।  जसपाले दुई वटा मन्त्रालय दिने लिखित सहमति पालना नगरी एउटा मन्त्रालय मात्रै दिएको भन्दै असन्तुष्टि जनाएर अहिरलाई राजीनामा गराएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जोखबहादुर महराले राखेका छन् ।

लुम्बिनीमा यसअघि नेकपा एमालेका लिला गिरी र नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री हुँदा १० मन्त्रालय थिए । तर माओवादी केन्द्रका महरा मुख्यमन्त्री भएपछि दलहरुलाई भाग पुर्‍याउन मन्त्रालय फुटाएर दुईवटा थपिएको हो । एमाले, माओवादी, नागरिक उन्मुक्ति, जसपा, एकीकृत समाजवादी गरी पाँच राजनीतिक दलका ४७ र स्वतन्त्र सांसद एकजना गरी ४८ प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा चैत २३ गते मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सांसद् केसीको प्रश्न : बालेन्द्र शाह कुन टापुको सम्राट हो?
कांग्रेस सांसद् केसीको प्रश्न : बालेन्द्र शाह कुन टापुको सम्राट हो?
शीर्ष नेताद्वारा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अवलोकन
शीर्ष नेताद्वारा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अवलोकन
कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति
कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति
फेरि सर्‍यो पत्रकार महासंघको चुनाव
फेरि सर्‍यो पत्रकार महासंघको चुनाव
कर्णालीमाथि जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा
कर्णालीमाथि जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा
हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक
टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक
सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण
सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण
कश्मीर आक्रमणपछि भारतको एक्सनः पाकिस्तानीले ४८ घण्टाभित्र देश छाड्नुपर्ने, कूटनीतिक सम्बन्ध स्थगित
कश्मीर आक्रमणपछि भारतको एक्सनः पाकिस्तानीले ४८ घण्टाभित्र देश छाड्नुपर्ने, कूटनीतिक सम्बन्ध स्थगित
शिक्षकहरुको प्रदर्शन आज पनि जारी
शिक्षकहरुको प्रदर्शन आज पनि जारी