रुपन्देहीबाट एक किलो सुनका गरगहनासहित महिला पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १५, २०८३
|
|
१९४ पटक हेरिएको
Shares
रुपन्देहीबाट एक किलो सुनका गरगहनासहित महिला पक्राउ

सारांश

  • सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीबाट एक किलो सुनसहित एक महिलालाई पक्राउ गरेको छ ।
  • सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटबाट बुधबार राति एक किलोग्राम सुनका गरगहनासहित महिलालाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
  • पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेल रहेको डीएसपी थापाले जानकारी दिए ।

१५ असोज, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीबाट एक किलो सुनसहित एक महिलालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटबाट बुधबार राति एक किलोग्राम सुनका गरगहनासहित महिलालाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेल रहेको डीएसपी थापाले जानकारी दिए । उनलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले पक्राउ गरेको जनाइएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई विशेष सूचनाको आधारमा सो गुल्मबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउपछि गरगहना सिद्धार्थनगर सुनचाँदी व्यवसायीले परीक्षण गर्दा १ किलोग्राम देखिएको डीएसपी थापाले जानकारी दिए ।

पक्राउपछि उनलाई बरामद सुनसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको छ ।

बरामद सुनको मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?