सर्लाहीमा नुहाउन गएका वृद्धलाई खोलाले बगायो
सारांश
- सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरका एक वृद्धलाई लखन्देही खोलाले बगाएको छ ।
- जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बहादुरपुर निवासी करिब ७० वर्षीय छित्नु साहलाई आइतबार दाहसंस्कारपछि लखन्देही सोतीमा नुहाउने क्रममा खोलाले बगाएको हो ।
- प्रहरीका अनुसार आइतबार बिहान करिब ११:४५ बजे नुहाइरहेका बेला साहलाई खोलाको बहावले बगाएको थियो ।
१२ असोज, सर्लाही ।
सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरका एक वृद्धलाई लखन्देही खोलाले बगाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बहादुरपुर निवासी करिब ७० वर्षीय छित्नु साहलाई आइतबार दाहसंस्कारपछि लखन्देही सोतीमा नुहाउने क्रममा खोलाले बगाएको हो ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ११:४५ बजे नुहाइरहेका बेला साहलाई खोलाको बहावले बगाएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन–तीन जना गरी ६ जनाको संयुक्त टोली परिचालन गरी साहको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बेपत्ता साहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया