श्रीलंकासँग एसियन गेम्समै १६ वर्षपछि खेल्दै नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १२, २०८३
|
|
२८७ पटक हेरिएको
Shares
श्रीलंकासँग एसियन गेम्समै १६ वर्षपछि खेल्दै नेपाल

सारांश

  • नेपाली क्रिकेट फेरि एक ऐतिहासिक क्षणको संघारमा उभिएको छ ।
  • २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेट क्वाटरफाइनलमा नेपालले मंगलबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।
  • यो केवल सेमिफाइनल प्रवेशको खेल मात्र होइन, डेढ दशकदेखि अधुरो रहँदै आएको एउटा प्रतिद्वन्द्विताको नयाँ अध्याय पनि हो ।

१२ असोज, काठमाडौं ।

नेपाली क्रिकेट फेरि एक ऐतिहासिक क्षणको संघारमा उभिएको छ । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेट क्वाटरफाइनलमा नेपालले मंगलबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । यो केवल सेमिफाइनल प्रवेशको खेल मात्र होइन, डेढ दशकदेखि अधुरो रहँदै आएको एउटा प्रतिद्वन्द्विताको नयाँ अध्याय पनि हो । नेपाल र श्रीलंका एसियन गेम्सकै मञ्चमा १६ वर्षपछि आमनेसामने हुँदै छन् ।सन् २०१० ग्वाङ्झाउ एसियन गेम्सको क्वाटरफाइनलमा नेपाल २ विकेटले पराजित भएको थियो । तर त्यो खेललाई टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त थिएन ।नेपाल र श्रीलंकाबीच यसअघि टी–२० अन्तर्राष्ट्रिय खेल भने कहिल्यै भएको छैन । सन् २०२४ को आईसीसी टी–२० विश्वकपमा दुवै टोलीबीच पहिलो टी–२०आई हुने तय भए पनि वर्षाका कारण टस पनि नभइकन खेल रद्द भएको थियो ।

त्यसैले मंगलबारको खेल हुन सकेमा नेपाल र श्रीलंकाबीचको पहिलो आधिकारिक टी–२० अन्तर्राष्ट्रिय भिडन्त हुनेछ ।

सन् २०१० को एसियन गेम्स क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग नै पराजित भएर बाहिरिएको थियो । उक्त खेलमा नेपाल ७२ रनमा अलआउट भएपनि बलिङमा राम्रो प्रदर्शन गरेको थियो । तर श्रीलंकाले ८ विकेटको क्षतिमा ७३ रनको लक्ष्य पूरा गरेको थियो ।

यसपटक फेरि नेपाल क्वाटरफाइनलबाट अगाढि बढेर नयाँ इतिहास रच्ने लक्ष्यसहित श्रीलंकासँगै आमनेसामने हुँदैछ ।

कप्तान दीपेन्द्रसिंह ऐरीले यसपटक मेडल जित्नेगरी टिमबाट सबै खेलाडीले शतप्रतिशत योगदान दिइरहेको बताएका छन् । नेपालले हालसम्म राम्रो प्रदर्शन पनि गरेको छ ।

तर नेपालको पदक जित्ने सपनामा यसपटक श्रीलंकाबाट मात्र नभएर वर्षाको पनि डर रहेको छ । जापानमा पछिल्ला केही दिन लगातारजसो वर्षा भइरहेको छ, वर्षाले खेलहरू रद्द पनि भइरहेका छन् ।

नेपाल र श्रीलंकाबीचको खेलमा पनि वर्षा बाधक बनेमा श्रीलंका अगाडि बढ्नेछ ।

इतिहास बदल्ने मौका

एसियन गेम्स क्रिकेटमा नेपाल कहिल्यै क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन । सन् २०१० मा श्रीलंका, २०१४ मा अफगानिस्तान र २०२२ (२०२३) मा भारतसँग पराजित हुँदै नेपालको यात्रा अन्तिम आठमै टुंगिएको थियो ।

यसपटक भने नेपाल समूह ‘ए’ को विजेता बनेर क्वाटरफाइनल पुगेको हो । समूह चरणमा अफगानिस्तानलाई हराएको नेपालले जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन भएपछि शीर्ष स्थान सुरक्षित गरेको थियो ।

यदि नेपालले श्रीलंकालाई पराजित गर्यो भने एसियन गेम्स क्रिकेटमा पहिलोपटक सेमिफाइनल पुग्नेछ । सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत हुनेछ ।

त्यसकारण नेपाललाई श्रीलंकासँग एसियन गेम्समा बेहोरेको हारको बदलासँगै पहिलोपटक सेमिफाइनलमा पुग्ने अवसर समेत छ ।

गत संस्करण नेपाल क्वाटरफाइनलमा भारतसँग खेलेको थियो । नेपाल पराजित भएर बाहिरिएको थियो । यसपटक भने नेपाल र भारतको भेट फाइनल प्रवेशका लागि हुन सक्छ ।

फेरि वर्षाकै डर

मंगलबारको खेलअघि मौसम पनि चर्चाको विषय बनेको छ । सोमबार एसियन गेम्सका दुवै क्वाटरफाइनल वर्षाकै कारण हुन सकेनन् । खेल सञ्चालन हुन नसकेपछि वरीयताका आधारमा भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गर्दा अफगानिस्तान र हङकङको यात्रा समाप्त भयो  ।

त्यसैले नेपाल–श्रीलंका क्वाटरफाइनलमा पनि वर्षाले खेल हुन नदिए नेपालको यात्रा यही चरणमा टुंगिनेछ । उच्च वरीयतामा रहेको श्रीलंका स्वतः सेमिफाइनलमा पुग्नेछ भने नेपाल अर्को ऐतिहासिक अवसर गुमाउन बाध्य हुनेछ ।

सन् २०२४ मा पहिलोपटक श्रीलंकासँग टी-२०आई खेल्ने अवसर प्राप्त हुँदा पनि वर्षाका कारण खेल सम्भव भएको थिएन । यसपटक श्रीलंकासँग खेल्ने अर्को अवसर प्राप्त हुँदा पनि डर वर्षाकै रहेको छ ।

यसपटक नेपाली समर्थकको चाहना एउटै छ- दुई वर्षअघि वर्षाले रोकिएको भेट यसपालि मैदानमा पूरा होस्, र नेपालले क्वाटरफाइनलको इतिहास पनि बदलोस् ।

टिम र सम्भावित ११

श्रीलंकाको सिनियर टिम हाल इंग्ल्यान्डसँगको टी-२०आई र ओडीआई शृङ्खलाका लागि इंग्ल्यान्ड भ्रमणमा छ । त्यसकारण एसियन गेम्समा श्रीलंकाले दोस्रो रोजाइको टोली पठाएको छ ।

यद्यपी श्रीलंकाको टोलीमा राष्ट्रिय टोलीको अनुभव भएकै खेलाडीहरू छन् । कप्तानमा सहान अराचिगे छन् भने सिनियर टिमबाट खेलिसकेका निरोशन डिक्वेला, आशेन बान्दरा, नुवान थुसारा, चमिका करुणारत्ने, बिनुरा फर्नान्डो, दुशान हेमन्थाजस्ता खेलाडी श्रीलंकाको टोलीमा छन् ।

यता नेपालले भने एसियन गेम्सका लागि ओडीआई खेलेर आएका खेलाडीसहितको मिश्रित टोली लिएर जापान पुगेको छ । नेपालले दुई खेल खेलि पनि सकेको छ । नेपाललाई कन्डिशनबारे जानकारी भइसकेको छ ।

श्रीलंकाको सम्भावित ११ : सहान अराचिगे (कप्तान), निरोशन डिक्वेला, सिनेथ जयवर्धने, लसिथ क्रसपुल, आशेन बान्दरा, कन्चना डे लिभेरा, चमिका करुणारत्ने, बिनुरा फर्नान्डो, नुवान थुसारा, प्रमोद मदुशन, विजयकान्त वियाकान्त

नेपालको सम्भवित ११ : दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्शन झा, रोहित पौडेल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामी, शेर मल्ल, ललित राजवंशी

***

खेल : श्रीलंका भर्सेस् नेपाल, एसियन गेम्स क्वाटरफाइनल
मिति र समय : १३ असोज, बिहान ५:४५ बजेदेखि
स्थान : कोरोगी स्पोर्ट्स पार्क, निशिन
मौसम : वर्षाको सम्भावना

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन वातावरण सहज बनाउन सरकार र नागरिक बचाउ महाअभियानबीच संवाद
निर्वाचन वातावरण सहज बनाउन सरकार र नागरिक बचाउ महाअभियानबीच संवाद
एमालेका पूर्वसांसद कोइरीलाई पाँच वर्ष कैद
एमालेका पूर्वसांसद कोइरीलाई पाँच वर्ष कैद
अर्यालले सम्हाले गृहमन्त्रीको पदभार
अर्यालले सम्हाले गृहमन्त्रीको पदभार
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
६३ जनाको हस्ताक्षरसहित मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै
६३ जनाको हस्ताक्षरसहित मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै
नवनिर्वाचित सांसदहरूको झोलामा के छ ?
नवनिर्वाचित सांसदहरूको झोलामा के छ ?
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु, पाँच रङका कुर्सीले प्यारापिट सजिने
त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु, पाँच रङका कुर्सीले प्यारापिट सजिने
खेतमा एक वृद्धको शव फेला, हत्याको आशंका
खेतमा एक वृद्धको शव फेला, हत्याको आशंका
मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै
मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै