जनकपुरधाममा नवजात शिशु मृत फेला
मौसम झा पाठक
११ वैशाख, जनकपुर। जनकपुरमा नवजात शिशु मृत फेला परेको छ ।
जनकपुरको रामानन्द चौक स्थित रहेको बागवानी अगाडी नालामा मंगलबार साँझ ४:३० बजे एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार मृतक शिशु कसले फालेको भनी हालसम्म पहिचान हुन सकेको छैन । मृतक शिशु हेर्दा तत्काल जन्माइ फालेको जस्तो देखिने अवस्था र शरिरको केही भाग कुकुरले टोकेको जिल्ला प्रहरीका कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी राजन अवाले जानकारी दिए ।
बिगत केहि दिनदेखि धनुषामा घटना क्रम बढेको देखिन्छ भने आज मात्रै बिहान एक पत्रकारो संकास्पद मृत्यु भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
Post Comment