संविधानको समीक्षा सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्छ : रवि लामिछाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ३, २०८३
|
|
८७ पटक हेरिएको
Shares
संविधानको समीक्षा सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्छ : रवि लामिछाने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको अबको समीक्षा पिँधमा रहेका सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्।
  • संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले संविधान एक जीवन्त दस्तावेज भएकाले राजनीतिक अभ्यासका आधारमा यसको परिमार्जन र संशोधन हुन सक्ने बताएका हुन्।
  • ‘संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ,’ लामिछानेले सन्देशमा भनेका छन्, ‘तर, अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ।

३ असोज, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको अबको समीक्षा पिँधमा रहेका सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्। संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले संविधान एक जीवन्त दस्तावेज भएकाले राजनीतिक अभ्यासका आधारमा यसको परिमार्जन र संशोधन हुन सक्ने बताएका हुन्। ‘संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ,’ लामिछानेले सन्देशमा भनेका छन्, ‘तर, अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ।’

उनले संविधान अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करार भएको उल्लेख गरेका छन्। यद्यपि, नेपालको परिप्रेक्ष्यमा आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन नसकेको उनको निष्कर्ष छ। ‘लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता तब मात्र सिद्ध हुन्छ, जब यसले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक यथार्थ बन्छन्,’ शुभकामना सन्देशमा भनिएको छ। रास्वपाले सामाजिक लोकतन्त्रमार्फत नागरिकको मुहारमा खुसी र समाजमा न्याय स्थापित गर्ने अठोट लिएको पनि उनले प्रस्ट्याएका छन्।

विद्यमान बेथिति र कमजोरीहरूलाई सच्याएर लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने गरी विवेकपूर्ण बहस गर्न आजको दिन सबैभन्दा उपयुक्त भएको लामिछानेको भनाइ छ। बलियो राज्यका लागि बलिया संस्थाहरू आवश्यक पर्ने भन्दै उनले संविधान दिवसले सबै राजनीतिक शक्ति, राज्यका अङ्गहरू र आमनागरिकलाई आ–आफ्नो स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
हेटौंडा–काठमाडौं सडक जोड्ने २ सडक सञ्चालनमा
हेटौंडा–काठमाडौं सडक जोड्ने २ सडक सञ्चालनमा
हुम्लाको चंखेलीमा जीप दुर्घटना, बाबुछोरीसहित ३ जनाको मृ*त्यु
हुम्लाको चंखेलीमा जीप दुर्घटना, बाबुछोरीसहित ३ जनाको मृ*त्यु
जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर
जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर
कोशी प्रदेसमाथि मधेशको १६५ रनको फराकिलो जित
कोशी प्रदेसमाथि मधेशको १६५ रनको फराकिलो जित
अबको सरकारले औषधि ऐनमा आवश्यक संशोधन गर्छ : तोसिमा कार्की
अबको सरकारले औषधि ऐनमा आवश्यक संशोधन गर्छ : तोसिमा कार्की
सुर्योदय बहुउद्देश्यीय‌ सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय बहुउद्देश्यीय‌ सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक पक्राउ
सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक पक्राउ
स्रोत नखुलेको २० लाख २९ हजार रकमसहित एकजना पक्राउ
स्रोत नखुलेको २० लाख २९ हजार रकमसहित एकजना पक्राउ
मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमको विजयीपछिको खुशीयाली
मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमको विजयीपछिको खुशीयाली