परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ३१, २०८३
|
|
९ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेटवार्ता गरेका छन्।
  • बुधबार भएको भेटका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउन उनले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।
  • भेटका क्रममा मन्त्री खनालले नेपाल-भारत सम्बन्धका बहुआयामिक पक्षलाई थप गहिरो बनाउन राजदूत श्रीवास्तवले गरेको प्रयासको प्रशंसा गरेका हुन्।

३१ भदौ, काठमाडौं ।

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेटवार्ता गरेका छन्। बुधबार भएको भेटका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउन उनले खेलेको भूमिकाको प्रशंसा गरेका छन्। भेटका क्रममा मन्त्री खनालले नेपाल-भारत सम्बन्धका बहुआयामिक पक्षलाई थप गहिरो बनाउन राजदूत श्रीवास्तवले गरेको प्रयासको प्रशंसा गरेका हुन्।

उनले विशेषगरी ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार तथा कनेक्टिभिटी र जनस्तरको सम्बन्धमा भएका महत्त्वपूर्ण प्रगतिबारे राजदूत श्रीवास्तवसँग भलाकुसारी गरेका छन्।यस्तै, भोटेकोसीमा आएको विनाशकारी बाढीपछि भारतले नेपालप्रति देखाएको ऐक्यबद्धता र तत्काल उपलब्ध गराएको विपद् राहत सहयोगप्रति पनि मन्त्री खनालले आभार व्यक्त गरेका छन्। उनले राजदूत श्रीवास्तवको आगामी कार्यकाल तथा भविष्यका प्रयासका लागि शुभकामना दिँदै उनी आगामी दिनमा पनि नेपालको असल मित्रका रूपमा रहने विश्वास व्यक्त गरे। भेटमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति गहिरो आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि नेपाल-भारत सम्बन्ध थप प्रगाढ र समृद्ध हुँदै जाने विश्वास व्यक्त गरेका छन्।  राजदूत श्रीवास्तवले बुधबार नै परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि बिदाइ भेट गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा रहेका बहुराष्ट्रिय कम्पनी प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री
नेपालमा रहेका बहुराष्ट्रिय कम्पनी प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री
अनुसन्धानका लागि प्रहरीले माग्यो तीनकुने घटनाको फोटो र भिडियो
अनुसन्धानका लागि प्रहरीले माग्यो तीनकुने घटनाको फोटो र भिडियो
हेटौँडामा आठ किलो सुनसहित समातिए दुई भारतीय नागरिक
हेटौँडामा आठ किलो सुनसहित समातिए दुई भारतीय नागरिक
विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा
विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा
माओवादी नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ
माओवादी नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ
लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दो, ६३ जना विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश।
लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दो, ६३ जना विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश।
के तपाईं पनि रातीको समयमा ड्युटीमा हुनुहन्छ ?
के तपाईं पनि रातीको समयमा ड्युटीमा हुनुहन्छ ?
सहकारी ठगी प्रकरण : कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रवि र छविलाई पनि ल्याइने
सहकारी ठगी प्रकरण : कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रवि र छविलाई पनि ल्याइने
श्रीपुरमा विद्युत् सर्टबाट आगलागी, एक घर पूर्ण रूपमा जलेर नष्ट, करिब २६ लाखको क्षति
श्रीपुरमा विद्युत् सर्टबाट आगलागी, एक घर पूर्ण रूपमा जलेर नष्ट, करिब २६ लाखको क्षति
चुरोट र रक्सीमा कर नबढाउन कांग्रेस सांसद मिश्रको माग
चुरोट र रक्सीमा कर नबढाउन कांग्रेस सांसद मिश्रको माग