स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ११, २०८१
|
|
८० पटक हेरिएको
Shares
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै

सारांश

  • उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका जाने भएका छन् ।
  • जनसंख्या विकास सम्बन्धी ३०औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन २७ अप्रिल (१६ वैशाख)मा मन्त्री यादव सहितको टोली अमेरिका जान लागेको मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा.
  • चुमनलाल दासले जानकारी दिए ।

११ वैशाख, काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका जाने भएका छन् ।

जनसंख्या विकास सम्बन्धी ३०औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन २७ अप्रिल (१६ वैशाख)मा मन्त्री यादव सहितको टोली अमेरिका जान लागेको मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दासले जानकारी दिए । मन्त्री यादवको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दास, जनसंख्या महाशाखा प्रमुख विनोदबहादुर कुँवर, मन्त्री यादवका स्वकीय सचिव भवनाथ खतिवडा र परराष्ट्र मन्त्रालयका सह-सचिव रहनेछन् ।

‘सम्मेलनमा जनसंख्या विकास सम्बन्धी नेपालको धारणा प्रस्तुत हुनेछ । ३ मे सम्म कार्यक्रम नै छ । त्यसपछि मात्रै फर्किने कार्यतालिका छ,’ डा. दासले भने । दोस्रो पटक स्वास्थ्य मन्त्रालय सम्हालेपछि मन्त्री यादवको यो पहिलो विदेश भ्रमण हो । यसअघि २०७५/७६ मा पनि स्वास्थ्य मन्त्रालय सम्हाल्दा मन्त्री यादव वैदेशिक भ्रमणमा निकै व्यस्त रहेका थिए । त्यो बेला डेढ वर्षको अवधिमा उनले डेढ दर्जन बढी वैदेशिक भ्रमण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्यक्ष उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
प्रत्यक्ष उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
कदर पत्र वितरणमा भेदभाव
कदर पत्र वितरणमा भेदभाव
काठमाडौँ महानगरमा तनाव : प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन रोक, नगर प्रहरी तैनाथ
काठमाडौँ महानगरमा तनाव : प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन रोक, नगर प्रहरी तैनाथ
पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना तिराउन लेखिएको पत्र फिर्ता गर्न कमल थापाको माग
पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना तिराउन लेखिएको पत्र फिर्ता गर्न कमल थापाको माग
यस वर्षको विपद्ः २० लाख नागरिक प्रभावित हुने अनुमान
यस वर्षको विपद्ः २० लाख नागरिक प्रभावित हुने अनुमान
प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर
प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
मधेश सरकारको योजनाको चिठी बिक्रीबारे संसदीय छानबिन समिति गठन गरिने
मधेश सरकारको योजनाको चिठी बिक्रीबारे संसदीय छानबिन समिति गठन गरिने
सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
गण्डकीमा लमजुङका भेषबहादुर पौडेल वनमन्त्री बन्दै
गण्डकीमा लमजुङका भेषबहादुर पौडेल वनमन्त्री बन्दै