प्रधानमन्त्रीसँगको बैठकलगत्तै गाउँपालिका अध्यक्ष पक्राउ
सारांश
- बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राखेको बैठकमा सहभागी भएका तामाङलाई बैठक सकिएलगत्तै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
- काठमाडौं प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार अरुण अर्यालको जाहेरीका आधारमा प्रहरी वृत्त दरबारमार्गमा तामाङविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो।
- सोही मुद्दामा अनुसन्धानका लागि अदालतबाट पक्राउ अनुमति लिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
काठमाडौं — नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई बैंकिङ कसुर मुद्दामा प्रहरीले सिंहदरबारबाट पक्राउ गरेको छ।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राखेको बैठकमा सहभागी भएका तामाङलाई बैठक सकिएलगत्तै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार अरुण अर्यालको जाहेरीका आधारमा प्रहरी वृत्त दरबारमार्गमा तामाङविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा अनुसन्धानका लागि अदालतबाट पक्राउ अनुमति लिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले तामाङलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट बिहीबार अनुमति लिएको थियो।
४३ वर्षीय तामाङ यसअघि काठमाडौंको नयाँबजारस्थित ओसिन ट्रान्सपोर्ट एन्ड एडभेन्चर प्रालि सञ्चालन गर्दै आएका थिए।
प्रतिक्रिया