Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

लिङ्देनको आरोप- एमाले अझै सुध्रिएन, बागमतीमा हाम्रा सांसद किन्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २८, २०८३
|
|
१२७ पटक हेरिएको
Shares
लिङ्देनको आरोप- एमाले अझै सुध्रिएन, बागमतीमा हाम्रा सांसद किन्यो

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेले अझै पनि सांसद खरिद–बिक्रीको राजनीति नछाडेको गम्भीर आरोप लगाएका छन्।
  • बागमती प्रदेश सरकार निर्माणका क्रममा एमालेले राप्रपाका सांसद किनेको उनको दाबी छ।
  • आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूलो राजनीतिक परिवर्तन र विद्रोहपछि पनि सांसद किनबेचको विकृति दोहोरिनु दुर्भाग्यपूर्ण भएको बताए।

 

२८ भदौ, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेले अझै पनि सांसद खरिद–बिक्रीको राजनीति नछाडेको गम्भीर आरोप लगाएका छन्। बागमती प्रदेश सरकार निर्माणका क्रममा एमालेले राप्रपाका सांसद किनेको उनको दाबी छ। आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूलो राजनीतिक परिवर्तन र विद्रोहपछि पनि सांसद किनबेचको विकृति दोहोरिनु दुर्भाग्यपूर्ण भएको बताए।

एमालेको नामै लिएर आक्रोश पोखेका लिङ्देनले आफ्नै पार्टीका सांसदहरूको प्रवृत्तिप्रति पनि तीव्र असन्तुष्टि जनाए। अरूलाई मात्रै दोष दिनुभन्दा आफ्नै पार्टीको कमजोरी पनि हेर्नुपर्ने भन्दै उनले आफ्ना सांसदहरूलाई ‘खसी–बाख्रा’ सँग तुलना गरे। ‘एमालेजस्तो पार्टीले विगतका विकृति सच्याउन नसकेको र फेरि सांसद खरिद–बिक्रीको अभ्यास दोहोर्‍याएको देखिन्छ,’ लिङ्देनले भने, ‘तर आफ्नै थैलो हामीले राम्रो बाँध्न नसकेपछि उनीहरूलाई मात्रै के भन्ने ? आफ्नै मान्छे खसी–बाख्राजस्तो बिक्री हुन तयार भएपछि हामीले के भन्ने ?’

‘सांसद व्यक्तिगत हुँदैन, पार्टीको प्रतिनिधि हो’

पार्टीको टिकट र मनोनयनबाट चुनाव जितेका सांसदहरूले व्यक्तिगत रूपमा नभई पार्टीको प्रतिनिधिका रूपमा काम गर्नुपर्ने अध्यक्ष लिङ्देनले स्पष्ट पारे। पार्टीको नामबाट चुनाव जितेर जाने तर पार्टीको निर्णयविपरीत आफूखुसी अर्को दलसँग मिल्ने वा जाने काम कुनै पनि हालतमा स्वीकार्य नहुने उनले चेतावनी दिए। ‘कुनै पनि सांसद व्यक्तिगत हुँदैन, ऊ पार्टीको प्रतिनिधि हो,’ लिङ्देनले भने, ‘आफूखुसी निर्णय गर्दै पार्टीविपरीत अन्य दलसँग जाने कुरा कुनै पनि हालतमा स्वीकार्य हुँदैन।’ यस्ता राजनीतिक विकृति अन्त्य गर्न सम्पूर्ण कार्यकर्ता पंक्ति एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए। जबसम्म सांसदमा व्यक्तिगत स्वार्थ र दल परिवर्तनको प्रवृत्ति कायम रहन्छ, तबसम्म बलियो पार्टी निर्माण गर्न नसकिने र जनताले पनि विश्वास नगर्ने लिङ्देनको भनाइ छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न काठमाडौँ महानगरको निर्देशन
विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न काठमाडौँ महानगरको निर्देशन
काठमाडौंमा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही
काठमाडौंमा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही
संवैधानिक नियुक्ति विवाद हेर्दाहेर्दैमा, अर्को सुनुवाइ पर्सि
संवैधानिक नियुक्ति विवाद हेर्दाहेर्दैमा, अर्को सुनुवाइ पर्सि
पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथ
पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथ
नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
रौतहट–१ मा रास्वपाको सानदार जित : ‘हेभीवेट’ माधव नेपाल र अजय गुप्ता पराजित
रौतहट–१ मा रास्वपाको सानदार जित : ‘हेभीवेट’ माधव नेपाल र अजय गुप्ता पराजित
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
ईश्वरी न्यौपानेलाई ​राज्य व्यवस्था समितिको सभापति बनाउने कांग्रेसको निर्णय​​
ईश्वरी न्यौपानेलाई ​राज्य व्यवस्था समितिको सभापति बनाउने कांग्रेसको निर्णय​​
अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृ*त्यु
अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृ*त्यु