सडकमै महिलाले बच्चा जन्माएको घटना संसद्‍मा उठ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २५, २०८३
|
|
१०० पटक हेरिएको
Shares
सडकमै महिलाले बच्चा जन्माएको घटना संसद्‍मा उठ्यो

सारांश

  • सडकमै महिलाले बच्चा जन्माएको घटना संसद्‍मा उठेको छ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी (रास्वपा) का सांसद खगेन्द्र कर्णले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना संसद‍मा उठाएका हुन् ।
  • उनका अनुसार सुत्केरी व्यथा लागेपछि महिला अस्पताल गएकी थिइन् ।

 

२५ भदौ, काठमाडौं ।

सडकमै महिलाले बच्चा जन्माएको घटना संसद्‍मा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी (रास्वपा) का सांसद खगेन्द्र कर्णले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना संसद‍मा उठाएका हुन् । उनका अनुसार सुत्केरी व्यथा लागेपछि महिला अस्पताल गएकी थिइन् । तर पैसा नभएका कारण अस्पतालले भर्ना लिन मानेन ।

महिलासँग २ हजार ५ सय मात्रै रहेकोले भर्ना गर्न नपाएको उनले बताए । राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माउन विवश भएको उनले बताए । यो विषयमा सांसद कर्णले सरकारसँग जवाफ समेत मागेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?