बाढी प्रभावित क्षेत्र पुग्न वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १५, २०८३
|
|
१३३ पटक हेरिएको
Shares
बाढी प्रभावित क्षेत्र पुग्न वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

सारांश

  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँमा आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
  •  प्राधिकरणले सोमबार सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
  • ‘यस्तो आपतकालीन अवस्थामा अत्यावश्यक खोज, उद्धार तथा राहत सामाग्री ढुवानीका लागि मात्र हेलिकोप्टर प्रयोग गर्नुपर्ने भएको एवं क्रमशः वैकल्पिक मार्गहरू पनि खुल्न थालेकाले अत्यावश्यक हेली उद्धार आवश्यक नभएकाहरूले ती वैकल्पिक सडक मार्ग प्रयोग गर्न अनुरोध छ’, प्राधिकरणले भनेको छ ।

१५ भदौ, काठमाडौं ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँमा आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । प्राधिकरणले सोमबार सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो । ‘यस्तो आपतकालीन अवस्थामा अत्यावश्यक खोज, उद्धार तथा राहत सामाग्री ढुवानीका लागि मात्र हेलिकोप्टर प्रयोग गर्नुपर्ने भएको एवं क्रमशः वैकल्पिक मार्गहरू पनि खुल्न थालेकाले अत्यावश्यक हेली उद्धार आवश्यक नभएकाहरूले ती वैकल्पिक सडक मार्ग प्रयोग गर्न अनुरोध छ’, प्राधिकरणले भनेको छ । धादिङ जोड्ने वैकल्पिक मार्गका रूपमा धादिङबेसी–परवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केरुङटार हुँदै मस्तार (ह्यामलेट रेस्टुरेन्ट) पृथ्वी राजमार्गसम्मको सडक प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, रसुवा जोड्ने वैकल्पिक मार्गका रूपमा विदुर–ढिकुरे–चौडा–आप्र–नर्जी–लच्याङ–सरमथली–पाटिखर्क हुँदै बोहोतीटार (पासाङ ल्हामु राजमार्ग, रसुवा)–कालिकास्थान–धुन्चे जाने बाटोमा चारपांग्रे साना सवारी साधन सञ्चालन गर्न सकिने जनाइएको छ । बाढीबाट न्यून मात्र प्रभावित, प्रभावित नभएका तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिहरूबाट समेत हवाई उद्धारको माग भइरहेको भन्दै अत्यावश्यक खोज,उद्धार तथा राहत सामग्री ढुवानीका लागि मात्र हेलिकोप्टर प्रयोग गर्न पनि आग्रह गरेको छ । प्राधिकरणले विपद्को चरम अवस्थामा सीमित साधन स्रोतको अधिकतम सदुपयोग गर्न आवश्यक काममा मात्र हेलिकप्टर प्रयोग गर्ने वातावरण बनाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?