आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १०, २०८३
|
|
७७ पटक हेरिएको
Shares
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

सारांश

  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
  • हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
  • हाल देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ ।

काठमाडौं ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लागेको छ बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकरदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा रहिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका धेरै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशका तराई भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्षा १२ को पूरक परीक्षा २ र ३ साउनमा
कक्षा १२ को पूरक परीक्षा २ र ३ साउनमा
महानगरपालिकाद्वारा बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट
महानगरपालिकाद्वारा बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट
अर्थतन्त्र सुधार्न सरकार निरन्तर लागिरहेको छ : अर्थमन्त्री पौडेल
अर्थतन्त्र सुधार्न सरकार निरन्तर लागिरहेको छ : अर्थमन्त्री पौडेल
विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न काठमाडौँ महानगरको निर्देशन
विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न काठमाडौँ महानगरको निर्देशन
बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको श*व फेला
बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको श*व फेला
संघीय र सातवटै प्रदेश संसद्का पदाधिकारीबीचको संयुक्त छलफल जारी
संघीय र सातवटै प्रदेश संसद्का पदाधिकारीबीचको संयुक्त छलफल जारी
मनहरीमा पाँच वटा पक्की पुल उद्घाटन
मनहरीमा पाँच वटा पक्की पुल उद्घाटन
प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ
प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ
भृकुटी मण्डपमा आज एमालेको शक्ति प्रदर्शन
भृकुटी मण्डपमा आज एमालेको शक्ति प्रदर्शन
बांगलादेशविरुद्ध साधुसन्तसहित हिन्दू समुदायको जनकपुरधाममा प्रदर्शन
बांगलादेशविरुद्ध साधुसन्तसहित हिन्दू समुदायको जनकपुरधाममा प्रदर्शन