सुनको मूल्य २ हजार ८ सय रुपैयाँ बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ७, २०८३
|
|
७८ पटक हेरिएको
Shares
सुनको मूल्य २ हजार ८ सय रुपैयाँ बढ्यो

सारांश

  • आइतबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँ तोकेको छ ।
  • अघिल्लो दिन ३ लाख १६ हजार ७ सय रुपैयाँ थियो।

 

७ भदौ, काठमाडौं ।

आइतबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १६ हजार ७ सय रुपैयाँ थियो। एक सातामै सुनको भाउ १४ हजार ३ सय रुपैयाँ बढेको छ ।

गत आइतबार सुनको भाउ ३ लाख ५ हजार २ सय रुपैयाँ थियो । चाँदी तोलामा १० रुपैयाँ घटेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ९८५ रुपैयाँ तोकेको चाँदीको भाउ आज ४ हजार ९७५ रुपैयाँमा झरेको छ । गत आइतबार चाँदी ४ हजार ७१० रुपैयाँ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ