अहिलेकै नेतृत्व र विचार रहिरहे एमाले पार्टी ध्वस्त हुन्छ: झलनाथ खनाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ६, २०८३
|
|
४९ पटक हेरिएको
Shares
अहिलेकै नेतृत्व र विचार रहिरहे एमाले पार्टी ध्वस्त हुन्छ: झलनाथ खनाल

सारांश

  • शनिबार नेकपाको कोसी प्रदेश समितिले आयोजना गरेको एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले मदन भण्डारीले अघि सारेको जनताको बहुदलिय जनवाद पनि पूँजीवाद भएको आरोप लगाएका छन्।
  • एमालेका पूर्वअध्यक्ष समेत रहेका खनालले आफू लामो समय एमालेमा रहँदा नयाँ जनवादका लागि संघर्ष गरेको सुनाए।
  • एमालेको पाँचौँ महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको बहुदलीय जनवादको कार्यक्रममा भिन्न मत राखेको उनले स्मरण गरे।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेकै नेतृत्व रहिरहे नेकपा (एमाले) ध्वस्त हुने टिप्पणी गरेका छन्।

शनिबार नेकपाको कोसी प्रदेश समितिले आयोजना गरेको एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले मदन भण्डारीले अघि सारेको जनताको बहुदलिय जनवाद पनि पूँजीवाद भएको आरोप लगाएका छन्। एमालेका पूर्वअध्यक्ष समेत रहेका खनालले आफू लामो समय एमालेमा रहँदा नयाँ जनवादका लागि संघर्ष गरेको सुनाए।

एमालेको पाँचौँ महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको बहुदलीय जनवादको कार्यक्रममा भिन्न मत राखेको उनले स्मरण गरे। ‘म नेकपा (एमाले) मा लामो समय बसेँ। नयाँ जनवादका निम्ति लड्दै आएँ,’ उनले भने, ‘पाँचौँ महाधिवेशनमा आइपुग्दा कमरेड मदन भण्डारीले नयाँ जनवाद भनेको एक दलीय जनवाद हो, बहुदलीय जनवाद अपनाउनुपर्छ भनेर बहुदलीय जनवादी कार्यक्रम ल्याउनुभयो। त्यसवेला पनि मैले यसका विरुद्ध भिन्न मत राखेर मैले सङ्घर्ष गरेँ।’

२०६२÷६३ सालको जनआन्दोलनपछि जनवादी क्रान्ति सम्पन्न भएको अवस्थामा समाजवादी क्रान्तिको चरणमा बहुदलीय जनवादको निरन्तरता आवश्यक नरहेको उनको भनाइ छ। खनालले अहिले पनि एमाले बहुदलीय जनवादकै विचारमा अघि बढिरहेको भन्दै पार्टी नेतृत्व र विचारमा परिवर्तन नआए एमाले ध्वस्त हुने दाबी गरे।

‘अब समाजवादी क्रान्तिको क्रममा यस्तो कुरा नआउला भनेको, त्यसपछि पनि बहुदलीय जनवाद, हेर्नुस् न अहिले एमाले। बहुदलीय जनवाद, बहुदलीय जनवाद भनेर गए केपी ओली, अहिले त्यो बेहाल छ, त्यो पार्टी,’ खनालले भने, ‘अहिले पनि हामीभन्दा ठूलै होला एमाले तर ठूलो भए पनि विष्फोटक अवस्थामा पुगिरहेको छ। त्यो पार्टीको नेतृत्व त्यही अवस्थामा रहिरहे, यिनै विचारले रहिरह्यो भने त्यो पार्टी ध्वस्त हुन्छ।’

एमालेले अपनाइ रहेको जबजलाई पूँजीवादको संज्ञा दिए। अब वैज्ञानिक समाजवादमा जानुपर्ने उनको तर्क थियो।

‘यो बहुदलीय जनवाद भनेको पूँजीवाद हो। बहुदलीय जनवाद भनेको अर्को शब्दमा पूँजीवादी जनवाद हो,’ खनालले थपे, ‘हामीले जाने भनेको त वैज्ञानिक समाजवाद भनेको समाजवादी लोकतन्त्र हो। कम्युनिष्टहरू भनेको नै समाजवादी लोकतन्त्रका पक्षधरहरू हुन्।’

उनले कम्युनिस्टहरूको समाजवादको लक्ष्य वैज्ञानिक समाजवाद र समाजवादी लोकतन्त्र भएको बताए। विद्यमान लोकतान्त्रिक व्यवस्थालाई पूँजीवादी लोकतन्त्रको निरन्तरता भएकाले यसलाई परिवर्तन गरेर समाजवादी लोकतन्त्र स्थापना गर्न लाग्नुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक
सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक
सर्लाहीको मलंगवामा दिउँसै चोरी
सर्लाहीको मलंगवामा दिउँसै चोरी
मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि सय वटा कार्य स्वीकृत
मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि सय वटा कार्य स्वीकृत
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफि गर्ने छाती मसँग छ : सभापति लामिछाने
योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफि गर्ने छाती मसँग छ : सभापति लामिछाने
कुलमानसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै
कुलमानसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै
सेयर लगानीकर्ताकाे ब्रोकर कार्यालयहरूमा तालाबन्दी
सेयर लगानीकर्ताकाे ब्रोकर कार्यालयहरूमा तालाबन्दी
वैदेशिक रोजगारमा पठाउने भन्दै एक करोड बढि ठग्ने चार जना पक्राउ
वैदेशिक रोजगारमा पठाउने भन्दै एक करोड बढि ठग्ने चार जना पक्राउ
रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले बोलायो
रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले बोलायो
विष्णुमति करिडोर ट्रयाक खन्ने कार्यको स्वास्थ्य मन्त्री पौडेलद्वारा शिलान्याश
विष्णुमति करिडोर ट्रयाक खन्ने कार्यको स्वास्थ्य मन्त्री पौडेलद्वारा शिलान्याश