हेटौंडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ६, २०८३
|
|
२१५ पटक हेरिएको
Shares
हेटौंडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

सारांश

  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौंडा कपडा उद्योगको निरीक्षण गरेकी छिन् ।
  • शनिबार बिहान मन्त्री यादवसहितको टोली हेटौंडा उपमहानगरपालिका–८ स्थित हेटौंडा कपडा उद्योगमा पुगेको हो ।
  • उद्योगको निरीक्षण गर्दै मन्त्री यादवले उद्योग सञ्चालन गर्नका लागि सरकारले आवश्यक लगानी गर्ने बताइन् ।

६ भदौ, हेटौंडा ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौंडा कपडा उद्योगको निरीक्षण गरेकी छिन् । शनिबार बिहान मन्त्री यादवसहितको टोली हेटौंडा उपमहानगरपालिका–८ स्थित हेटौंडा कपडा उद्योगमा पुगेको हो । उद्योगको निरीक्षण गर्दै मन्त्री यादवले उद्योग सञ्चालन गर्नका लागि सरकारले आवश्यक लगानी गर्ने बताइन् । उद्योग कुन ‘मोडालिटी’मा सञ्चालन गर्ने त्यसबारेमा छलफल गरिरहेको बताइन् । सरकार कपडा उद्योगलगायत बन्द उद्योगहरू पुन सञ्चालन गर्ने तयारीमा रहेको जानकारी उनले गराइन्  ।

मन्त्री यादवले नेपाली सेनाका अधिकृतहरूसँग कपडा उद्योगको पूर्वाधारको अवस्था र सञ्चालनका बारेमा जानकारी लिएकी थिइन् । प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारी, नेपाली सेनाका प्रमुख सेनानी रुपेन शाक्य, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी व्यवस्थापक संगिता क्वुरलगायत पनि निरीक्षण टोलीमा थिए । निरीक्षणका क्रममा कपडा उद्योगमा रहेका ४८८ मेसिन (तान)मध्ये हाल १२ वटा तान मात्र सञ्चालनमा रहेको जानकारी गराइएको थियो । मन्त्री यादवले कपडा उद्योगको वर्तमान अवस्था, उद्योग सञ्चालनमा देखिएका चुनौती तथा उत्पादन वृद्धि र रोजगारी सिर्जनाका सम्भावनाबारे सरोकारवालासँग छलफल पनि गरिन् । साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको  हेटौँडा कपडा उद्योगको तीन साता अघि परीक्षण उत्पादन गरिएको थियो । सरकारले नेपाली सेनालाई उद्योगको मर्मतसम्भार गरेर उत्पादन गर्ने जिम्मेवारी दिएपछि साउन २३ मा २ वटा लुम (तान)सञ्चालन गरेर प्रारम्भिक उत्पादन परीक्षण गरेको थियो ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा २०३२ सालमा हेटौँडा कपडा उद्योग स्थापना भएको थियो । यसले २०३५ सालदेखि व्यावसायिक उत्पादन शुरु गरेको थियो।राजनीतिक हस्तक्षेप, फितलो व्यवस्थापन र बढ्दो आर्थिक दायित्वका कारण २०५६ सालदेखि उत्पादन बन्द भएको यो उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द हुन पुगेको थियो । २०५९ सालमा तत्कालीन सरकारले उक्त उद्योग पूर्ण रूपमा बन्द गर्ने औपचारिक निर्णय गरेको थियो । विगतमा बजार व्यवस्थापन हुन नसक्नु, प्रविधिको समयसापेक्ष आधुनिकीकरण नगरिनु, लोडसेडिङको समस्या, आवश्यकताभन्दा धेरै जनशक्ति हुँदा परेको आर्थिक भार र कमजोर व्यवस्थापकीय क्षमताका कारण यो ऐतिहासिक उद्योग धरसायी बन्न पुगेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अहिलेको संविधानअनुसार कसैको बहुमत आउँदैन : देउवा
अहिलेको संविधानअनुसार कसैको बहुमत आउँदैन : देउवा
आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा
आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा
एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै
एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै
खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन
खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन
बोलपत्र मूल्याङ्कनमा प्रतिस्पर्धालाई सीमित हुन नदिने व्यवस्था मिलाउन अख्तियारको सुझाव
बोलपत्र मूल्याङ्कनमा प्रतिस्पर्धालाई सीमित हुन नदिने व्यवस्था मिलाउन अख्तियारको सुझाव
अमेरिकी संघीय कर्मचारी फेरि कटौती गर्ने ट्रम्पको निर्णय
अमेरिकी संघीय कर्मचारी फेरि कटौती गर्ने ट्रम्पको निर्णय
झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो
झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो
राहदानी विभागबाट आइडेमिया बाहिरिने, दुई जर्मन कम्पनी भित्रिँदै
राहदानी विभागबाट आइडेमिया बाहिरिने, दुई जर्मन कम्पनी भित्रिँदै
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
तीनकुनेको तनावपछि स्टेजमा फर्किए दुर्गा प्रसाईं, संयमित हुन आह्वान
तीनकुनेको तनावपछि स्टेजमा फर्किए दुर्गा प्रसाईं, संयमित हुन आह्वान