लालबन्दी-सलेमपुर १३२ केभी प्रसारणलाइन सञ्चालनको अन्तिम चरणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ३, २०८३
|
|
३९५ पटक हेरिएको
Shares
लालबन्दी-सलेमपुर १३२ केभी प्रसारणलाइन सञ्चालनको अन्तिम चरणमा

सारांश

  • सर्लाहीको दक्षिणी भेगमा विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र स्थिर बनाउने उद्देश्यले निर्माण गरिएको लालबन्दी–सलेमपुर १३२ केभी प्रसारणलाइन सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।
  • करिब १ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको उक्त प्रसारणलाइन गत ३० साउनमा चार्ज गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
  • प्रसारण लाइनमार्फत लालबन्दी नगरपालिका–१ नवलपुरस्थित ग्रिड सबस्टेसनबाट चक्रघट्टा गाउँपालिका–७ चैनपुरामा निर्माणाधीन ग्रिड सबस्टेसनसम्म विद्युत् प्रवाह सुरु गरिएको छ ।

 

३ भदौ, सर्लाही ।

सर्लाहीको दक्षिणी भेगमा विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र स्थिर बनाउने उद्देश्यले निर्माण गरिएको लालबन्दी–सलेमपुर १३२ केभी प्रसारणलाइन सञ्चालनको अन्तिम चरणमा पुगेको छ । करिब १ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको उक्त प्रसारणलाइन गत ३० साउनमा चार्ज गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्रसारण लाइनमार्फत लालबन्दी नगरपालिका–१ नवलपुरस्थित ग्रिड सबस्टेसनबाट चक्रघट्टा गाउँपालिका–७ चैनपुरामा निर्माणाधीन ग्रिड सबस्टेसनसम्म विद्युत् प्रवाह सुरु गरिएको छ । लाइन सञ्चालनमा आएसँगै हरिपुर, हरिपुर्वा, मलंगवा, गोडैता तथा बरहथवा क्षेत्रको विद्युत् आपूर्ति थप व्यवस्थित र भरपर्दो हुने अपेक्षा गरिएको छ ।

‘१३२ केभीको लाइन आइसकेको छ । अब यहाँबाट पाँचवटा ३३ केभी फिडर निकाल्ने योजना छ,’ आयोजनाका इन्जिनियर सुशान्तकुमार ठाकुरले भने, ‘हरिपुर, हरिपुर्वा, मलंगवा, गरहैया–डुमरिया र बरहथवा फिडरमार्फत विद्युत् आपूर्ति गर्ने तयारी भइरहेको छ । तीमध्ये मलंगवा र हरिपुर फिडरमा लाइन आपूर्ति गर्ने काम अन्तिम चरणमा पुगेको छ । भदौभित्रै ती क्षेत्रमा विद्युत् प्रवाह सुरु गर्ने लक्ष्य छ ।’ आयोजनाको सर्वेक्षण कार्य २०७६ सालमा सुरु भएको थियो । निर्माणका लागि २०७९ चैत २७ गते ठेक्का सम्झौता गरिएको थियो भने २०८० वैशाख २६ गतेदेखि निर्माण कार्य सुरु भएको थियो । २०८३ असोज मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता गरिएको हो । आयोजनाको निर्माणको जिम्मा सिग्मा कन प्रालि–एमएसपीएल जेभीले पाएको छ ।

प्रसारणलाइन निर्माणका क्रममा टावर रहने जग्गा तथा लाइनमुनिको नौ–नौ मिटर दायाँ–बायाँ क्षेत्रका प्रभावित जग्गाधनीलाई ११ करोड ४० लाख रुपैयाँ मुआब्जा वितरण गरिएको छ । यसमध्ये टावरका लागि अधिग्रहण गरिएको जग्गाबापत १० करोड रुपैयाँ र प्रसारण लाइन प्रभावित क्षेत्रका जग्गाधनीलाई १ करोड ४० लाख रुपैयाँ उपलब्ध गराइएको आयोजनाले जनाएको छ । हाल दक्षिणी भेगका अधिकांश क्षेत्रमा नवलपुरस्थित ग्रिड सबस्टेसनबाट लामो दूरीको प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति हुदै आएकाले बारम्बार प्राविधिक समस्या देखिने गरेको प्राविधिकहरू बताउँछन् । केही वर्षअघि नवलपुरमा ग्रिड सबस्टेसन निर्माण भई विद्युत् प्रवाह सुरु भएपछि जिल्लाको उत्तरी भेगमा भोल्टेज घट्ने तथा अनियमित विद्युत् कटौती हुने समस्या धेरै हदसम्म समाधान भएको थियो । यससँगै जिल्लामा १३२ केभी क्षमताका दुई ठूला ग्रिड सबस्टेसन पुगेका छन् । यसअघि लालबन्दी नगरपालिका–१ नवलपुरमा करिब ४६ करोड रुपैयाँको लगानीमा १३२ केभी क्षमताको ग्रिड सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको थियो । नवलपुर सबस्टेसनले जिल्लाको उत्तरी तथा मध्य भेगमा विद्युत् आपूर्ति गर्दै आएको छ भने सलेमपुर सबस्टेसन पूर्ण रूपमा सञ्चालनमा आएपछि दक्षिणी भेगको विद्युत् वितरण प्रणाली थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा मन्त्रालयले माग्यो यी विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन
शिक्षा मन्त्रालयले माग्यो यी विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन
विराटनगरबाट काठमाडौं उडेको यतिको जहाज पोखरा डाइभर्ट
विराटनगरबाट काठमाडौं उडेको यतिको जहाज पोखरा डाइभर्ट
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल
यस्ता छन् मन्त्रिपरिषद् बैठकको निर्णयहरु [सूचीसहित]
यस्ता छन् मन्त्रिपरिषद् बैठकको निर्णयहरु [सूचीसहित]
रौतहटमा तीन सवारीसाधन एक आपसमा ठो*क्किदा चालकसहित सात जना घा*इते
रौतहटमा तीन सवारीसाधन एक आपसमा ठो*क्किदा चालकसहित सात जना घा*इते
ड्रोन हमलापछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन
ड्रोन हमलापछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना
यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना
काभ्रे पुगेका रोहिंगा शरणार्थीका ११ परिवार काठमाडौं फिर्ता
काभ्रे पुगेका रोहिंगा शरणार्थीका ११ परिवार काठमाडौं फिर्ता
वायु प्रदूषणः आज काठमाडौं विश्वकै दोस्रो नम्बरमा
वायु प्रदूषणः आज काठमाडौं विश्वकै दोस्रो नम्बरमा