एयरपोर्टमा आफूलाई अपराधीझैँ जाँच गरिएको ओलीको गुनासो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ३१, २०८३
|
|
६९ पटक हेरिएको
Shares
एयरपोर्टमा आफूलाई अपराधीझैँ जाँच गरिएको ओलीको गुनासो

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमानस्थलमा आफूलाई पटक–पटक कडा सुरक्षा जाँच गरिएको भन्दै आपत्ति जनाएका छन्।
  • इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले विमानस्थलमा आफूलाई अपराधीलाई जस्तो व्यवहार गरिएको गुनासो गरे।
  • मेटल डिटेक्टर प्रयोग गरी पटक–पटक शरीर जाँच गरिएको भन्दै उनले सुरक्षा जाँचको शैलीप्रति असन्तुष्टि जनाएका हुन्।

३१ साउन, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमानस्थलमा आफूलाई पटक–पटक कडा सुरक्षा जाँच गरिएको भन्दै आपत्ति जनाएका छन्। इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले विमानस्थलमा आफूलाई अपराधीलाई जस्तो व्यवहार गरिएको गुनासो गरे। मेटल डिटेक्टर प्रयोग गरी पटक–पटक शरीर जाँच गरिएको भन्दै उनले सुरक्षा जाँचको शैलीप्रति असन्तुष्टि जनाएका हुन्। ‘मेटल डिटेक्टर लगाएको छ, यो गर्‍या छ, उ गर्‍या छ। के निकाल्न खोज्या? के बरामद गर्न खोज्या?’ उनले प्रश्न गरे।

विमानस्थलमा एक ठाउँमा जाँच गरिसकेपछि पनि अर्को ठाउँमा पुनः जाँच गर्ने गरिएको भन्दै ओलीले त्यसप्रति व्यंग्य गरे। काठमाडौं र भद्रपुर विमानस्थलमा समेत आफूले पटक–पटक यस्तो जाँच भोग्नुपरेको उनको भनाइ थियो। ‘एक ठाउँ जाँचेपछि त पुग्नुपर्ने, फेरि अर्को ठाउँ जाँच्छ। भद्रपुर आउँछु, त्यहाँ पनि जाँच्छ, फेरि मेटल यसो–यसो गर्छ। तमासा!’ उनले भने। आफूलाई लागूऔषध वा अवैध वस्तु बोकेको व्यक्तिजस्तो व्यवहार गरिएको भन्दै ओलीले प्रश्न गरे, ‘म न गँजडी, न जड्याहा, न ड्रगिस्ट। के खोज्या हो?’ विमानस्थलमा आफूलाई कडाइका साथ जाँच गर्ने तर सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा भने प्रभावकारी काम हुन नसकेको उनको आरोप थियो। ‘ट्रकका ट्रक तस्करी सिमानाबाट भएको भइछ। एअरपोर्टमा चाहिँ मेरो शरीरमा डिटेक्टर लाउँछ,’ उनले भने। विमानस्थलमा गरिएको सुरक्षा जाँचप्रति ओलीले सार्वजनिक रूपमा असन्तुष्टि जनाएको यो दोस्रोपटक हो। यसअघि गत माघमा पनि उनले आफूलाई सुन तस्करलाई जस्तो व्यवहार गरिएको भन्दै विमानस्थलको सुरक्षा जाँचप्रति आपत्ति जनाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख ४० हजार ठगी गर्ने महिला पक्राउ
दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख ४० हजार ठगी गर्ने महिला पक्राउ
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी
निर्वाचनमा सवारीसाधन प्रयोगमा कडाइ, आयोगद्वारा नयाँ कार्यविधि जारी
निर्वाचनमा सवारीसाधन प्रयोगमा कडाइ, आयोगद्वारा नयाँ कार्यविधि जारी
हरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस
हरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस
प्रचण्डलाई ओलीको सुझाव- हतियार उठाउने धम्की नदिनु
प्रचण्डलाई ओलीको सुझाव- हतियार उठाउने धम्की नदिनु
सुनसरी बाट ९९.३ केजी गाजासहित दुई जना पक्राउ
सुनसरी बाट ९९.३ केजी गाजासहित दुई जना पक्राउ
पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा
३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा
बागमतीमा सत्तारुढ दलबीच विवाद भएपछि बजेट भाषणको समय सारियो
बागमतीमा सत्तारुढ दलबीच विवाद भएपछि बजेट भाषणको समय सारियो
विदेश पठाउने नाममा ३० लाख ठगी आरोपमा ३ जना पक्राउ
विदेश पठाउने नाममा ३० लाख ठगी आरोपमा ३ जना पक्राउ