नेपालमा रहेका बहुराष्ट्रिय कम्पनी प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २५, २०८३
|
|
१०६ पटक हेरिएको
Shares
नेपालमा रहेका बहुराष्ट्रिय कम्पनी प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री

सारांश

  • अर्थमन्त्री डा.
  • स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिहरूसँग छलफल गर्दै छन् ।
  • आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेको सचिवालयले जनाएको छ ।

२५ साउन, काठमाडौं ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिहरूसँग छलफल गर्दै छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेको सचिवालयले जनाएको छ ।

छलफलमा ती कम्पनीका उच्च पदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा आमन्त्रण गरिएको छ । छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा कुरा राख्न र लिखित रूपमा पनि विवरण पेश गर्न आग्रह गर्ने छन् । यसै शृङ्खलाअन्तर्गत यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान गरेका ३३ औद्योगिक घरानासँग छलफल गरिसकेका छन्। यस्तै, उनले नेपालका ’क’ वर्गका वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग पनि छलफल गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी
अनियमितताबारे छानबिन समिति बनाउन सभामुखको निर्देशन
अनियमितताबारे छानबिन समिति बनाउन सभामुखको निर्देशन
सर्वोच्चले माग्‍यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण
सर्वोच्चले माग्‍यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण
अर्थमन्त्रीलाई देउवाको चेतावनी- ‘टेक एण्ड पे’ नहटाए बजेट पारित हुँदैन
अर्थमन्त्रीलाई देउवाको चेतावनी- ‘टेक एण्ड पे’ नहटाए बजेट पारित हुँदैन
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 
अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 
वीरगञ्ज नाका हुँदै ७ महिनामा १ खर्ब ४ अर्बको पेट्रोलियम पदार्थको आयात
वीरगञ्ज नाका हुँदै ७ महिनामा १ खर्ब ४ अर्बको पेट्रोलियम पदार्थको आयात
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी
विशेष महाधिवेशनकाे विराेध गरेका शेखरले गगनसँग लिए भाग
विशेष महाधिवेशनकाे विराेध गरेका शेखरले गगनसँग लिए भाग