सिरहामा पेस्तोलसहित तीन जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २०, २०८३
|
|
११७ पटक हेरिएको
Shares
सिरहामा पेस्तोलसहित तीन जना पक्राउ

सारांश

  • सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र म्याग्जिनसहित तीन जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा लहान नगरपालिका–२२ सलोखरीका सञ्जय दास, गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका–६ का साबरजित दास रहेका छन्।
  • जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकका अनुसार मंगलबार राति शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले जाँच गर्दा साबरजितको साथबाट एक थान पेस्तोल र एउटा म्याग्जिन बरामद भएको हो।

सिरहा, २० साउन । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र म्याग्जिनसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लहान नगरपालिका–२२ सलोखरीका सञ्जय दास, गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका–६ का साबरजित दास रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकका अनुसार मंगलबार राति शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले जाँच गर्दा साबरजितको साथबाट एक थान पेस्तोल र एउटा म्याग्जिन बरामद भएको हो।

प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ। बरामद हतियारको स्रोत, प्रयोगको उद्देश्य तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी प्रदेश सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रमा लागि डेढ करोड रुपैयाँ सहयोग
लुम्बिनी प्रदेश सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रमा लागि डेढ करोड रुपैयाँ सहयोग
न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा
न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा
सिरहामा दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ
सिरहामा दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ
कक्षा १२ को परीक्षा स्थगित भन्दै भ्रामक सूचना
कक्षा १२ को परीक्षा स्थगित भन्दै भ्रामक सूचना
अलपत्र भएका आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी
अलपत्र भएका आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी
त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
ललितपुरको पुलचोक आसपास क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी
ललितपुरको पुलचोक आसपास क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी
सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ
सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ
जसपा नेतृ सिंहले हल्दी कार्यक्रममा पड्काएकी थिइन् पेस्तोल
जसपा नेतृ सिंहले हल्दी कार्यक्रममा पड्काएकी थिइन् पेस्तोल